
दुइ बीच समानता के थियो भने दुवैमा केहि असाधारण गुणहरु थिए । जस्तो कि गेट्स कम्प्युटर कोडिग गर्न सिपालु थिए भने जब्सको कुनै पनि समान बिक्री गर्न सक्ने क्षमता गज्जबको थियो । बिल गेट्सको भाषामा भन्नु पर्दा, उनि माटोलाई पनि सुन भनेर बेच्न सक्थे । जब्स र गेट्स यौटै साल जन्मेका थिए । दुबैले बिश्वबिद्यालयको पढाई बिचैमा छोडेका थिए । दुबैलाई कम्प्युटर संग आसक्त थियो । दुबैले आफ्नो जिबनको सारा सृजनात्मक क्षमता यसै कामको लागी होमेका थिए । बिल गेट्सको आमा बुवा दुवै पढे लेखेका थिए भने स्टिभ जब्सको बाबु आमा भने अशिक्षित थिए । तर यी दुइले एक अर्का लाई कसरी हेर्थे त ? दुवै कम्प्युटरको काम गर्ने भएकोले युबाबस्ता देखि एकार्का संग काम गरिरहेका भए पनि जब्सको कम्पनी एप्पल माइक्रोसफ्ट भन्दा अघि नै अरबौ कमाइसकेका थिए । त्यसैले पनि माइक्रोसफ्टले एप्पलको लागि केहि सफ्टवयर बनाउने गर्थ्यो. त्यस्तो बेला स्टिभले बिल गेट्स लाई बिना कारण आधा घण्टा कुराउन लगाएको थियो । अमेरिकी समाजमा त्यसलाई अनादर मानिन्छ । स्तिभले बिललाई गन्दैन थिए किनकि उनलाई माइक्रोसफ्टको सफ्टवयरहरु राम्रो लाग्दैन थियो । बिलले पनि स्टिभलाई गन्दैन थियो किनकी उनि सफ्टवयर बनाउन जान्ने व्यक्ति थिएनन न उनि इन्जिनियर नै थिए । बर्षौ सम्म संगत गरे पछि बिलले स्टिभलाई अफ्ठ्यारो किसिमको भएर पनि राम्रो माने ता पनि स्टिभले भने बिलको बारेमा पछि सम्म पनि आफ्नो धारणा परिबर्तन गरेनन । बिल स्वाद रहित मानिस हो र उनले उत्पादन गरेको सफ्टवयरहरुमा कला हुदैन भनेर स्टिभ भन्ने गर्थे ।
पैसा भयो भने दिन्छु वा दिन्थे । कतिले यो वाक्य सुनेको हुनु पर्छ, भएको भए दिन्थे. पैसा छैन त्यहि भएर दिन सकिन । पैसा दिन पैसा होइन मन हुनु पर्छ भन्ने कुरा बिल र स्टिभ लाई हेरेर थाहा हुन्छ । जब्स अर्बौ कमाउदा पनि एक साधारण व्यक्ति सरह नै जिबनयापन गर्थे । धेरैको सोचाई छ खर्च कम गर्ने मानिसहरु राम्रो. ठिक छ स्टिभ आफुले कमाएको पैसा बेफिक्री चाहिने नचाहिने कुरामा खर्च गर्दैन थिए । खर्च कम वा बढी गर्ने बानी हो, कसैको लागि यो राम्रो बानी हो भने कसैको लागि भने यो कन्जुस्याईको हद हो. उनको जिबनी लेखकको अनुसार अरुलाई दिने भन्ने बिचारले मात्रै पनि उनको जिउमा काँडा उम्रिन्थियो । तर त्यो सब गर्दा पनि कसरी उनि संग कुनै समाज सेवाको लागि दिने पैसा कहिले पनि भएन त ? जबकि उनी जत्तिकै धनि गेट्सले ठुलो महलमा बसेर पनि आफ्नो जिन्दगी भरको कमाइको ९५% दिन सक्ने सामर्थ्य राखे त ?
सामान्य मानिसहरुको सोच के छ भने यदि कसैले धर्ममा आस्था र विश्वास राख्छ भने उ धर्ममा विश्वास नगर्ने भन्दा राम्रो व्यक्तिमा गनिन्छ । धेरै मानिसहरु यो कुरामा विश्वास गर्छ कि धर्मले मानिसहरुलाइ अझ राम्रो मानिस बनाउछ । बिल गेट्स र स्टिभ जब्स लाई हेर्दा यो कुरा सोर्है आना ठिक हो भन्ने ठाउँ देखिदैन । दुवैले संसार भरमा चिनिने कम्प्युटर कंपनी चलाए पनि यी दुइ भने उत्तर र दक्षिण कोरिया जत्तिकै भिन्न थिए । स्टिभ जब्स धर्ममा विश्वास गर्थे इंडिया को भ्रमण गरेर थिए तर उनले आफ्नो मातहतमा काम गर्ने मानिसहरुलाइ गर्ने ब्यबहार निकै नै गएगुज्रेको थियो. उनको जिबनी लेख्नेले के लेखेका छन् भने उनि छुचो थियो र उनलाई नरम बोल्न आउदैनथ्यो । धनिहरु गरिबहरु भन्दा बढी हेपाहा हुन्छ भन्ने कुरा पनि बिल र स्टिभलाई हेरेर भन्नु पर्दा गलत धारणा हो भन्ने बुझिन्छ । तर धर्ममा विश्वास राख्ने र अध्यात्मको खोजि र पछि लागेका स्टिभ जब्स, मान्छे भने राम्रो थिएन । सहयोग गर्नु वा र दान गर्ने कुरामा उनि निकै पछि थिए । यस मामलामा उनि अरु त अरु, आफ्नो स्वास्नीले चलाई रहेको कलेज ट्रैक नामको सस्थालाइ समेत पैसा दिदैन थिए । पैसा नभएर नदिने एउटा कुरा, तर; कुस्त पैसा भएर पनि कौडी पनि दिन नखोज्नु अर्को कुरा । युवा समयमा उनि बेस्यावृति पनि गर्थे, त्यसबेला पनि उनको देबतामा विश्वास कायमै थियो । स्टिभ जब्सको ठिक बिपरित बिल गेट्स देबताको अस्तित्वोमा विश्वास नगर्ने व्यक्ति हुन् र उनि स्टिभ जस्तो अध्यात्मको खोजिमा इंडियामा त के अमेरिकामा पनि भौतारेका थिएनन । तर पनि गेट्सले आफ्ना मातहतमा काम गर्ने मानिसहरु संग सधै राम्रो र नरम बोलीमा बोल्थे र उनीहरुलाई इज्जत गर्थे. धेरैलाई थाहा भएकै कुरा हो बिल गेट्सले आफुले कमाएको कुस्त पैसाको ९५% दान दिएर नै सदुपयोग गरि रहेका छन् र उनीलाई सहयोग गर्ने उनका अर्को धनबान साथी वारेन बफेट हुन् । वारेन बफेटले शेयर बजारमा लगानी गरेर कुस्त कमाएका हुन्.

संसार भरि नै धर्ममा लाग्ने धेरै पादरी अथवा पुजारीहरुले गर्ने गरेको अनगिन्ति खराब आचरणको कुराहरु उनीहरुको समर्थकहरुले सके सम्म ढाकछोप गर्ने गरेका छन् । चर्च भित्र हुने गरेको यौन शोषणको कुराहरु बिस्तारै भए पनि अहिले माथिल्लो तह बाट नै स्वीकार गरिएको समाचारहरु पनि आजकल हामी पढ्न पाउछौ. भनिन्छ नि, हात्तिको जस्तो देखाउने दात एउटा र चपाउने दात अर्को भनेको जस्तो, पादरीहरु जस्तो दुनियाको लागि एउटा रूप तर पर्दा पछाडी अर्को रुप । यो सबलाइ हेर्दा र बिशेष गरि संसारको दुइ धनवानहरुको जीवनीलाई हेर्दा हामी के निस्कर्ष निकाल्न सक्छौ भने कसैको धर्ममा विश्वास हुनु राम्रो वा नहुनुले त्यो व्यक्ति खराब हुने भने होइन रहेछ । यदि कसैले अझै पनि यसमा विश्वास गर्छ भने यो त्यतीकै सत्य छ जत्ति कसैले यो विश्वास गर्छ कि सेतो मनिसहरु चाही मानब तर कालो मानिसहरु चाही बाँदर । अब यो कुराको बहस चाही हामी ट्रेवर नोहालाई छोडी दिनु पर्ला । किन कि उनि एक अफ्रिकी कमेडियन हुन् र उनि अफ्रिकी र स्विसको, [ कालो र गोरो ] मिश्रित रुप भए पनि अमेरिकामा काला जातीमा नै गनिन्छन । त्यसैले पनि होला उनको तार्किक क्षमता हाम्रो भन्दा दुइ गुना राम्रो छ । धन्न गेट्स र जब्सको सार्बजनिक ब्यक्तित्वोको कारण कुनै पनि कुरा लुकाउन साध्य थिएन । लुकाएको भए पनि संसार कै सबै भन्दा ठुलो प्रेस स्वोतान्त्रताका पक्षपाती अमेरिकी पत्रकारहरुले लुकाएको कुरा सार्बजनिक गर्नमा गर्ब गरिहाल्थे । जादा जादै के भन्न जरुरी छ भने स्टिभ जब्स मरे पछि उनको सारा सम्पति उनको पत्नी लोरेन पावेल जब्सको नाममा छ, जसले अहिले बरु स्टिभ जब्सले भन्दा बढी नै समाज सेवाको कार्यहरुको लागि दिने गर्छ ।