Sunday, September 1, 2019

अपराधिक मानसिकता

असार १५ मा भक्तपुरमा एक युवतीले आफ्नो आमालाइ केहि मानिसहरु लगाएर मारेको समाचार आफ्नो मोबाइलमा हेरेर सोनाम दिदिले आफ्नो शंका ब्यक्त गरिन, “ होला र होइन होला. आफ्नो जन्म दिने आमालाइ पनि कसैले मार्छ र ?” संगै बसेर समाचार हेरिरहेको अर्को दिदिले पनि थपिन, “अरुले फसाएको रे !” समाचार हेरेर त्यसको बारेमा कुनै सोच बनाउन पनि नसक्नेले के समाचार सुन्नु, के हेर्नु ? अथवा त्यसरी पनि के समाचार भन्नु जो हेरेर, पढेर वा सुनेर मानिसहरुले आफ्नो मत् बनाउन सक्दैन ? कति मानिसहरु समाचार नबुझ्ने भन्दा पनि कुनै पनि कुरामा आफ्नो किसिमको दिमाग चलाउने अनि अपराधको अनुसन्धानमा काम गरिरहेका अधिकारीहरु माथि विश्वास नगर्ने खालका हुन्छन. तपाइले अपराध संग सम्बन्धित कार्यक्रमहरु अरुहरु संग बसेर कहिले हेर्नु भएको छ ? सबै जना आ - आफ्नो दिमाग चलाउन थालिहाल्छन. मेरो ध्यान भने कार्यक्रमको निचोड बुझु हो नत्र त्यही बारे किताब लेखे भैहाल्यो नि किन कार्यक्रम हेरेर आफ्नो दिमाग पहिला नै अन्तै दौडाउने ?

अपराध संग सम्बन्धित् धेरै कार्यक्रमहरु हेरेको छु. छिमेकी देश भारतमा एउटा आमाले आफ्नो छोरालाइ मार्न मात्र दश हजार रुपैया खर्च गरेकी थिईन. त्यो भारतमा चल्तीको रेट अनुसार एकदमै सस्तो हो. यो काम उनको छिमेकीले उनको लागि गरिदिएकी थिईन. किन आमाले आफ्नो छोरालाइ मार्न लगाउनु पर्यो त ? कारण उ अति जड्याहा थियो. यो एउटा रोग हो तर धेरैले यसलाई कहिले निको नहुने खराबीको रूपमा लिने गर्छ मानौ कि यसको कुनै उपचार नै छैन. अर्को एउटा मानिसले आफ्नो बिस्वाशिलो काम गर्ने मानिस लगाएर आफ्नो दुर्व्यसनी छोरालाइ मार्न लगाएका थिए. सम्बन्ध बिच्छेद पछि बिबाह नगरेका ब्यक्तिको धनि बाबुले उनको छोराको अबस्थालाई आफ्नो इज्जतमा दागको रुपमा लिए मानौ कि छोराको मृत्युले उनको इज्जत सातौ आकाश माथि पुर्याउछ. केहि बर्ष अघि मात्रै भारतमा अर्को एक आमाले आफ्नो छोरीको हत्या आफ्नो दाजुभाइहरु संग मिलेर गरेकी थिईन. कारण ? उनकी छोरी धेरै केटाहरु संग उठ्ने बस्ने गर्थीन. हुर्केको छोरी त्यसमा पनि सम्बन्ध बिच्छेद पछि बिबाह नगरेको तर कार्यालयमा संगै काम गर्ने संग बिबाह को कुरा चलि रहेको अवस्था. आमाले यी कुरालाई आफ्नो इज्जतमा धक्काको रुपमा हेरिन र आफ्नो छोरीको मृत्यु पछि ठुलो इज्जतको कल्पना गरिन. तर जस्तो नाटक गरेर बच्न खोजे पनि उनि जेल परिन. बिचरा उनि संगै यौटै ओछ्यानमा सुत्ने उनको पतिलाइ आफ्नै स्वास्नीको आफ्नो छोरी मार्ने कुरा बारे भनक पनि थिएन.

अमेरिकामा कुनै पनि महिलाको असामयिक मृत्यु भएको खण्डमा पुलिसले सर्बप्रथम त्यो ब्यक्तिलाइ शंकाको घेरामा राखेर अनुसन्धान शुरु गर्छ जो उनको पति अथवा केटा साथी होस्  वा पूर्व पति अथवा पूर्व केटा साथी. त्यसैले त्यस्तो काम गर्ने अधिकारीहरुले जतिसुकै शोकाकुल भए पनि वा शोकाकुल हुनुको नाटक गरे पनि उनीहरु बाट नै सोधपुछको सुरुवात गर्छन. आकड़ाले के देखाउछ भने यस्तो घटनामा ७५ - ८०% अपराध परिवार भित्रकै व्यक्तिले गरेको हुन्छ.

यस्तो होइन कि सबै केसहरु पुलिसले नै पत्ता लगाऊछन्. अहिले जमाना त्यस्तो रहेन अब त अपराध शाखाले अपराधको तरिकाको राम्रो संग अनुसन्धान गरेर मात्र कुनै अपराध कसले र कसरी गर्यो भन्ने निर्क्योल निकाल्ने गर्छन. अनि कत्ति बेलामा मृतकको छोरा / छोरीले पनि आफ्नो आमा बुवाको हत्यारा समात्ने काममा पुलिसहरुलाइ सघाउने गर्छन. अमेरिकामा एकचोटी एउटा मानिस गाएब भएको कुरा पुलिस विभागले दस पन्ध्र बर्ष सम्म पनि पत्ता लगाउन सकेन. पुलिस विभागमा सानो बच्चा उनको बाबु संग भएको तस्बिर थियो. त्यति बेला सम्ममा सानो छोरा ठुलो भैसकेको थियो. एकदिन उ पुलिस बिभागमा जादा त्यहाको अधिकारीहरु संग कुरा गरे पछि आफ्नो बुवालाई हत्या गरेको अभियोगमा आफ्नो आमा संग आफ्नो लुगा भित्र तार लुकाई कुरा गर्न तयार भए. केहि अधिकारीहरुलाई सुरुमा यो कुरा विश्वास गर्न गार्हो भयो तर पुरानो केस सुल्टाउनु पर्न्ने बाध्यता पनि थियो त्यसैले यसमा राजी भए. यसरी एउटा छोराले आफ्नो लामो समय सम्म हराएको बुवा धेरै पहिले नै आफ्नो आमाले हत्या गरिसकेको कुरा खुलासा गर्ने काममा पुलिसलाई सहयोग गरे.

तपाइले समाजशास्त्रको अध्ययन गर्नु भयो भने थाहा पाउनु हुनेछ कि घर त्यो ठाउँ हो जहाँ सबै भन्दा बढी दुर्घटनाहरु घट्ने गर्छ. अँ यदि तपाई अपराधिक मानसिकता संग अपरिचित हुनुहुन्छ भने अनुसन्धानलाइ भन्दा बढी आफ्नो दिमाग चलाएर यो होइन वा त्यो मिलेन भनेर भन्न सक्नु हुन्छ. त्यसो त अमेरिकामा भएको एउटा केसमा सरकारले १५ बर्ष पछि पुरै क्षतिपुर्ति समेत सफाया दिई सक्दा पनि एउटी युवतीले आफ्नो लोग्नेलाई नै आफु माथि भएको सांघातिक हमलाको दोषी मानिरहेकी थिईन. अझै पनि राजा बिरेन्द्रको राजपरिवार सखाप पार्ने अरु कोहि नभई उनैको छोरा दिपेन्द्र हुन् भनेर आखाँले देखने उनीहरुको नातेदारहरुलाइ विश्वास नगर्नेहरु हाम्रो वरिपरी नै छन्. जे भन म मान्दै मान्दिन भन्नेहरुको यहाँ कमि छैन.

No comments:

Post a Comment