अहिले सामाजिक संजाल सालिक राम पुडासैनीको आत्महत्याले निक्कै गर्मिएको छ र यसले सिंग्गो समाजलाई दुइ भागमा विभाजित गरिदिएको छ । एकथरी कानूनको पक्षमा, अर्काथरी रविको पक्षमा। पत्रकार पुडासैनीले आफुले आत्महत्या गर्नु अघि किन यहि बाटो रोज्नु पर्यो भनेर खोलेको कारण निउज २४ मा सिधा कुरा जनता संगको कार्यक्रम प्रस्तोता रबि लामिछाने र युबराज कडेल हरुले दिने अति मानसिक तनाब र निजि जिन्दगीमा समेत अनाबश्यक हस्तछेप भनि खोलेका छन् । प्रमाण यति अकाट्य हुदा हुदै पनि एउटा ठुलो समूह रबि लामिछानेको पक्षमा सडकमा नै उत्रिएका छन् भने अर्को एकदमै नगन्य भाग चाही प्रमाणले के बोल्छ त्यहि हुनुपर्छ भन्ने कुराको पक्षमा निर्भिक भएर उभिएका छन् । तर यस्तो लाग्छ कि रविको पक्षमा चितवनमा उर्लिएको भिडलाई तथ्य, तर्क र कानुनसँग कुनै सरोकार छैन । यो ठुलो भिडले आबेगमा आएर प्रमाण र सत्यलाई सर्लक्क निल्न खोजिरहेको छ ।
यो विभाजित समाजलाई बुझ्न र बुझाउन र एकै ठाउमा ल्याउन अहिले बुद्धिजिबीवर्ग, पत्रकार अनि लेखकहरुले आ-आफ्नो ठाउँ बाट कलम चलाउन पर्ने देखिन्छ । यस्तो बेलामा मौन रहनुको कुनै तुक छैन । पत्रकार मनोज खतिवडाले अस्ति आइतबार नेपाल खबर डट कममा रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो ? भन्ने शिर्षकमा लेख्छन, “केही समयअघि आत्महत्या गर्ने शालिकराम पुडासैनी रवि भाषामा ‘छातीमा लात्ती खाइ खाइ पनि प्रश्न सोध्न नडराउने’ कर्मठ पत्रकार हुन्। पत्रकार पुडासैनीले रविको कार्यक्रमका लागि घुस दिनेलाई रंगेहात समातेका, वीर अस्पताल र कालिमाटीमा प्रहरीको कुटाइ खाएर रिपोर्टिङ गरेका भिडियो फुटेज अहिले पनि युट्युबमा भेटिन्छन् । सिधा कुरा जनतासँग कार्यक्रमको सफलता शालिकरामहरुको त्यो संघर्षको संयुक्त परिणाम हो।”
“शालिकराम पुडासैनीको हत्या वा आत्महत्या प्रकरणको तहकिकात हुँदैछ । त्यसलाई एउटा निचोडमा पुर्याउँन दिनु उचित हुन्छ । अहिलेको अवस्थामा कुनै पुलिस अफिसर वा किशोर श्रेष्ठ जस्ता मुद्दासँग प्रत्यक्ष सम्पर्क नभएका मानिसहरूमाथि हिलो छ्याप्नु ठिक हो जस्तो लाग्दैन । सार्वजनिक भएको भिडियोमा कैफियत छ भने त्यतातिर फोकस गर्नु पर्यो । पुलिस एक्लैले मुद्दा दायर गर्ने होइन, सरकारी वकिलले पनि हेर्छ प्रतिवादी विरुद्ध प्रमाण पुगेको छ कि छैन भनेर । जवर्जस्ती मुद्दा बनाउन खोजेको छ भने अदालतले मुद्दा दर्ता गर्न अस्वीकार गर्न सक्छ भन्ने कुरा पनि विचारणीय छ । अहिले अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले जुन हर्कत रवि समर्थकहरूबाट भएको छ त्यसलाई उचित मान्न सकिँदैन । कुनै प्रकारको उत्तरदायित्व नभएका माध्यम र व्यक्तिहरूले लेखेका भरमा कसैको ज्यान गएको सम्वेदनशील मामिलाको तहकिकातको दिशा बदलिन सक्दैन । रवि निर्दोष छन् भने डराउनु पर्ने कुनै कुरो छैन । कुनै बेलाका रविका विश्वास प्राप्त सहायकले प्रष्ट शब्दमा उनीमाथि गम्भीर आरोप लगाउँदै आत्महत्या गरेको कुरो आएको छ । त्यो होइन भने पनि अनुसन्धानबाट यकीन हुनु पर्यो ।” वरिष्ठ पत्रकार, हरि अधिकारीको फेसबुक बाट साभार.
विर्तामोड, झापाको जुलुस हेरेपछि स्वतन्त्र पत्रकार नारायण अधिकारीले आइतबार आफ्नो मनमा लागेको कुरा फेसबुकमा यसरी ब्यक्त गरे : "मन परेका नारा ।
रवि लामिछानेलाई — रिहा गर
शालिकरामलाई — न्याय दे
हत्यारालाई — कारवाही गर ।
यसको अर्थ के हो भने रवि, शालिकराम र हत्या अलग अलग विषय हुन् । यसलाई कसैले गाँसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ र जो साँचो अर्थमा हत्यारा हो ।
भिडलाइ भाड्ने एउटा पत्रकार हुनुहुन्छ, चाहे त्यो निर्मलाको केसमा होस् वा सालिकरामको केस अचम्म लाग्छ उनको कुरा बुज्ने र पत्याउनेहरुसंग । तर बाघ बाघ संग भेडा भेडा संग भन्ने त उखानै छ नि । वहा को नाम खेम भण्डारी हो, खेमजी मानसखण्डको सम्पादक पनि हो । भदौ १ को फेसबुक पोस्ट हेर्दा लाग्दैन कि वहालाई सत्य पत्ता लगाउने काम अपराध अनुसन्धान बिभागको हो पुलिस प्रशासनको होइन भनेर । यदि यसबारे राम्रो संग थाहा भएको भए सायद वहाले यस्तो पोस्ट गर्नु हुन्नथियो होला, "सालिकरामको आत्महत्या नभई हत्या भएको ठहरिए नेपाल प्रहरीलाई भंग गरिदिए हुन्छ । कहिल्यै नचेताउने, जहिल्यै गडबडी मात्रै गर्ने प्रहरीको के काम ? मुचुल्का भिडियो बारे तत्काल बोल्नुस आईजी साप नत्र अनिष्ट निम्तिने छ ।"
संचारबिज्ञ भानुभक्त आचार्यले पनि आइतबार यसबारे आफ्नो विचार सामाजिक संजालमा यसरी ब्यक्त गरे, “अहिले रवि लामिछानेका समर्थकलाई “धैर्य राखौं । कानुनको निर्णय कुरौं । न्याय पाइन्छ” भन्ने कतिपय हिजो आफ्नो पक्षको नेता कार्यकर्ता पक्राउपर्दा प्रहरी प्रशासन र न्यायालय नै खर्लप्पै निलुँला जस्तो गरेर नेपाल बन्द गरी छुटाउनेहरु छन् । हिजोका पुस्ताले जे गरे, अहिलेकाले त्यसैको सिको गर्ने हो । मुहान सङ्लो पारौं, खहरे सङ्लिन कत्तिबेर लाग्दैन । कागती रोपेर सुन्तलाको आशा नगरौं ।”
त्यसो पनि होइन कि कोहि बोलेकै छैनन् । माथिका केहि उदाहरणले देखाउछ कि धेरैले आ-आफ्नो विचार पनि पोखिरहेका छन् । माथि देखाइएको उदाहरणहरुमा भिडको हल्लालाई धेरै हद सम्म साम्य पार्ने तागत र शक्ति छ; तर रबि समर्थक भिडले सहि कुरा सुन्न सक्ने बिबेक र साहास भने देखाई रहेका छैनन् ।
यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ भदौ ४ गते प्रकाशित भएको थियो.
No comments:
Post a Comment