गत हप्ता बिरगंज निबासी मुस्कान खातुनलाई प्रेम प्रस्ताब अस्विकार गरेको आरोपमा एउटा युवकले आफ्नो साथी संग मिलेर एसिड फ्याकी उनलाई कुरुप बनाउने र 'मेरो नभए अरु कसैको पनि नहोस' भन्ने मानसिकताको शिकार बनाएको छ . एसिड छ्याप्ने वीरगञ्ज-२ छप्कैयाका १६ वर्षीय सम्साद मियाँलाई पहिला र केही समयपछि एसिड प्रहारका योजनाकार रहेका सोही ठाउँका १६ वर्षीय माजिद आलमलाई पनि प्रहरीले पक्राउ गर्यो । महिला हिंसाको यो प्रयोग पाकिस्थान, बंगलादेश अनि इंडियामा बढी हुने गर्छ र इन्डियनमा पनि नेपाल मा जस्तै एसिड प्रहार अन्य भन्दा पनि मुस्लिम समुदायमा बढी प्रयोग हुन्छ. एसिड प्रहार पछि मुस्कानको बाबुले एसिड छ्याप्नेलाइ झुण्ड्याइयोस् भनि नेपाल सरकारलाई गुहारेका छन्. मुस्कानलाइ एसिड प्रहार पछि केहि दिन यता सामाजिक संजालमा एसिड प्रहार गर्नेलाइ मृत्युदण्डको माग चर्केको छ; अनि त्यसमा हो मा हो गरेर स्वर मिलाउनेहरुको संख्या कम छैन धेरै लाइ थाहा नहुन सक्छ नेपालले अन्तरराष्ट्रिय मानबअधिकारको सम्झौता पत्रमा हस्ताक्षर गरेको हुनाले हाम्रो संबिधानमा समेत यसको प्राबधान नभएकोले पनि कसैलाइ पनि मृत्युदण्डको सजाय तोक्न मिल्दैन
बलात्कारीलाई फाँसी भनेर केहि साल अघि कान्तिपुरका स्तम्भ लेखक अखण्ड भण्डारीले आवाज उठाएको थियो । त्यो समयमा धेरै महिला अधिकारबादीहरु पनि अति बलात्कार भए पछि आजित भएर सडकमा समेत यहि नारा लगाउथे. यसको बारेमा धेरै बहस भए पनि बेला बेलामा मानिसहरु आजित भएर मृत्यु दण्डको माग गरिरहनछन. परिवारजनहरु आफुलाई केहि हुदा रिसाएर रिसको झोकमा यो वा त्यो कुराको माग वा अडान गर्नु स्वाभाविक हो तर त्यो कुरालाई पत्रकारहरुले बुझ्ने र बुझाउने तरिका फरक हुदा बुबा रसुल अन्सारीको आक्रोशले धेरैलाइ पो छोएको हो कि !
बिकास गिरी पेसाले वकिल हो आइतबार वहाले आफ्नो सामाजिक संजालमा यस्तो राख्नु भएको थियो. “एसिड आक्रमण गर्नेलाई बलात्कारी भन्दा कडा सजाय हुने कानुन बनाउनुपर्ने देखियो । पीडकलाई अपराध बमोजिम गरीने सजाय कम भो ! तत्काल चै एसिड विक्री गर्न लाइसेन्स अनिवार्य गरियोस र एसिड किन्ने व्यक्तिको नागरिकता वा परिचयपत्र लिएरमात्र विक्री गर्ने व्यवस्था गरीयोस । कमसेकम एसिड प्रहार गर्नेलाई जन्मकैदको सजाय गर्ने ब्यवस्था गर्ने गरि कानुन संशोधन होस् । एसिड प्रहारबाट पीडित व्यक्तिको सम्पूर्ण उपचार खर्च तत्काल चै सरकारले व्यहोरोस् र पछि पिडकबाट थप जरीवाना सहित भराओस ।
मै पो यस्तो संबेदनशील मामलामा असंबेदनशिल भएको पो हु कि ? तर कानुनले रिसको झोकमा निर्णय गर्दैन । यदि कसैले रिसको झोकमा निर्णय गर्छ भने त्यो प्रतिशोध हो न्याय होइन । बलात्कारीहरु र एसिड प्रहार गर्नेहरु संग मलाई पनि रिस उठ्छ तर पनि उनीहरुलाई सजाय मृत्युदण्ड नै हुनुपर्छ भन्ने होइन । कुनै पनि सजायको मतलब त्यो घटनालाइ आउने दिनहरुमा कसरी कम गर्ने भन्ने हो । सजाय समाज को लागि हो परिबारको मनको शान्तिको लागि मात्र होइन । इंडियामा भएको बलात्कार र सजायहरुलाई हेर्ने हो भने यो थाहा हुन्छा कि सजाय दिदैमा यो कम भएको भने छैन । अथवा के मृत्यु दण्डले बलात्कार वा एसिड प्रहार कम हुने हो त ? त्यसको मतलब के उनीहरुलाई सजाय नै नदिने हो त ?
पिडित र पिडितको परिवारको लागि त बलात्कार र एसिड प्रहार जस्तो केसमा मृत्युदण्ड नै उचित सजाय हो तर मृत्युदण्ड समाजको लागि भने उचित होइन, न सबै खाले अपराधीहरुको मृत्युले समाजमा सुरक्षा कायम गर्ने कुनै ग्यारेन्टी नै छ । कति बेला समाज फेर्नको लागि अदालत वा कानुनले दिने सजाय भन्दा राम्रो बरु पिडित पक्षले नै त्यसको लागि तगडा कदम चाल्नु । मेरो मतलब प्रतिशोध पनि होइन जो कि कानुनलाई आफ्नो हातमा लिनु अनि फेरी आफ्नै जिन्दगी बर्बाद गर्नु. केटाहरुले जसले म यो केटीलाइ तबाह गर्न सक्छु भन्ने सोचेर कुनै कदम चाल्छ भने केटीहरुले जीवनमा उनीहरुको मृत्यु होइन कि लामो आयु माग्नु र आफ्नो जीबनमा केहि गरेर अनि बनेर देखाउनु । त्यो खालको केटाहरुलाई उनीहरु भन्दा राम्रो भएर देखाउनु सबै भन्दा ठुलो सजाय हो यो । कुनै केटाको मृत्युमा यो ताकत छैन जब त्यो केटि उनको अघि उभिएर उनलाई यौ भन्छ, तिमीलाई मेरो जिन्दगी अन्त्य गर्ने कुनै अधिकार छैन । कसैको लागि अथवा धेरैको लागि यो एकदमै कोरा काल्पनिक लाग्न सक्छ तर यो नै सत्य हो ।
एसिड प्रहार र बलात्कार निचताको हद हो । कसैको सुन्दर मुहारमा तेजाब फ़ेकेर उनको जिन्दगी बर्बाद गरिदिन्छु भन्ने सोच्ने र त्यो सोचलाई साकार हुन दिने हर्कत गर्नु बरु खराब हो । किन त्यो केटालाई आफ्नो जीवन राम्रो बनाएर तगडा जवाफ नदिने ! किन आफ्नो सौन्दर्य आफ्नो अनुहारमा मात्रै छ भनेर सोच्ने ? किन हाम्रो सारा इज्जत र हाम्रो जिन्दगी बन्ने र बिगार्ने तागत हाम्रो गुप्ताङ्गमा अडेको छ भनेर सोच्ने ? यदि त्यसो हो भने हाम्रो दिमागले के काम गर्छ त ? सोच्ने काम बलात्कारीलाइ छोड्ने होइन न उसले सोचेको रुप र गुप्ताङ्गलाइ । सोच्ने काम दिमागको हो त्यसैले ठण्डा दिमागले सोचौ र बलात्कारीलाई फाँसी भन्न छोडौ ।
No comments:
Post a Comment