"किशोर श्रेष्ठ र खेम भण्डारीलाइ ५ जना साक्षी राखेर चौबाटोमा जिउदै गाड्नु । मेरो आदेश पर्खिनु पर्दैन।" यो विचार आफ्नो फेसबुकमा राख्ने व्यक्तिको नाम उमेश उत्सव कामि हो । कामीले यो कुरा यसरी भनेका छन् मानौ कि उनी त्यस देशको बासिन्दा हो जहाँ कानुनको कुनै मूल्य र मान्यता नै छैन। मानौ कि उनी त्यस देशको राजा हो र कानुन उनको मुठीमा छ. अनि उनको आदेश सुन्नेले यसलाई तुरुन्त आज्ञा सिरोपर गर्छ। यो उनको आफ्नै नाम हो अथवा फेसबुकमा मात्र चलाउने फेक नाम हो भन्ने थाहा पाउन प्रविधिको प्रयोग गर्दा सजिलै थाहा हुन्छ भन्ने कुरा सायद उनलाई थाहा छैन होला । थाहा त उनलाई वाक स्वतन्त्रता भनेको के हो ? कुन कुरा निर्धक्क बोल्ने अनि कुन कुरा बोल्न डराउनु पर्छ भन्ने पनि थाहा छैन भन्ने देखिन्छ । थाहा भएकै कुरा हो कसैलाई गाली गर्नु पर्यो वा बेइज्जत गर्न्नु पर्यो भने त्यो कुरा सिधा फेसबूकको भित्तामा राख्नेहरुको कमि छैन । धेरै को निम्ति फेसबुक घृणा फैलाउने सब भन्दा उत्तम माध्यम भएको छ। यो कुरा फेसबुकको निर्माता मार्क जकरबर्गलाइ पनि राम्रो संग थाहा पनि छ। त्यसैले त फेसबुकको कार्यालय भित्र यस्तो घृणा, द्वेष सामुदायिक सद्भावलाइ खलबलाउने कुराहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा ठुलो चासोको बिषय हुनुको साथै चुनौती पनि भएको छ । यदि उनीहरुले नेपाली बुझ्थ्यो भने सायद यो प्रकाशित पनि हुदैन थियो होला यो तर किनकी यो नेपालीमा लेखिएको छ त्यसैले उनीहरुले नबुझ्नुनै यो प्रकाशित भएको कारण मध्ये एक हो भन्न सकिन्छ।
उमेश कामी रबि समर्थक हुन् र उनि रवि पुलिस हिरासतमा परेको वा उनको नाम उनको सहकर्मीको आत्महत्याको मामलामा जोडिएको कारण नाखुश छन् भन्ने कुरा सजिलै बुझ्न सकिन्छ यसको लागि यदि तपाइले हप्ता दश दिन अघिको सामाजिक संजालको गर्मि र उतार चडाब हेर्नुभएको भए बुझ्नु हुन्थ्यो कामीले किन त्यस्तो घृणा मिश्रित आवाज निकाल्यो त भन्दा रबिले पत्रकारिताको नाममा आफ्नो कार्यक्रम मार्फत आक्रोस फैलाउने काम गर्छ । कामीले किन आदेश दियो भन्दा उनि रबि समर्थक हुन कामीको लागि रबि को दुश्मन उनको दुश्मन रबि को साथी उनको पनि साथी । रविले प्रेस काउन्सिलको अधक्ष्य किशोर श्रेष्ठको बारेमा राम्रो धारणा राख्दैनन् भन्ने कुरा उनको सामाजिक संजाल हेर्दा थाहा हुन्छ त्यो सुचिमा पत्रकार खेम भण्डारीको नाम पनि हालसालै थपिएको छ । रविको टेलिभिजन कार्यक्रम, जनता संग सिधा कुरा हेरेर विश्लेषण गर्नेहरुको भनाइ अनुसार कार्यक्रममा उनि आफै पुलिस, आफै न्यायाधिस अनि आफै अदालत हुन् यस्तो लाग्छ कि कुराकानीको कार्यक्रम नभई एउटा सानो कथा होस् र उनि कुनै फिलिममा जस्तै व्यक्तिको किरदार निभाई रहेको होस् । यसमा शंका छैन कि उनि एकदमै चर्चित व्यक्ति हुन् । नेपालमा सेलिब्रिटी पत्रकारको चलन छैन । त्यसो त रबि आफूलाई पत्रकार मान्दा पनि मान्दैनन । उनको अनुसार, यदि पत्रकार सरह पास लिएर काम गर्नु पर्यो भने बरु रत्नपार्कमा बसेर जुत्तामा पालिश गर्छु ।
२००७ सालमा नेपालीहरुले धेरै दुख गरेर १०४ साल लामो राणा शासन बाट छुटकारा पाएको थियो । नेपालको इतिहासमा त्यो समय कालो थियो । राणाकालमा यो जातको बाहेक अरु जातको मानिसहरुको उन्नति पदमा भएको राणाहरुको जुत्ता आफ्नो टाउकोमा राख्न दिए मात्र हुन्थ्यो । आफ्नै जातको पनि आफ्नो रगत भन्दा टाडाको नाता पर्यो भने खैरियत थिएन । जंग बहादुर थापा जसले राणा शासनको सुरुवात गरेका थिए बहादुर भन्दा पनि उनको बौलठ्ठीपनको कारण इतिहासमा चर्चित छ । उनका सत्र भाइहरु सबैले उनको म्र्त्यु पछि उनको पुरा नाम आफ्नो नाउको पछाडी जोडेका थिए । राणा शासकहरु सन्काहा थिए र कानुनको वास्ता गर्दैन थिए । कुनै नया नियम प्रचलनमा ल्याउन पर्यो भने उनीहरुलाई कानुनको मतलब हुदैनथ्यो बरु ठाडो ठाडै आदेश दिन्थे । भनिन्छ राणा प्रधानमन्त्री जुद्ध शमशेर जंग बहादुर राणाले १९९० सालको भुइचालो जादा धेरै ब्यापारीहरुले हाहाकारको बेलामा मनमानी मूल्य राखेर समान बेचेको कारण यस्तो उर्दी जारी गरेको थियो "यदि कसैले त्यसो गरेको थाहा पाएमा ४ जनालाइ साक्षी राखेर काटी दिनु, मेरो आदेश पर्खनु पर्दैन अनि कालान्तरमा सबैले त्यसैलाई नै जंगी कानुन भन्न थाले । जंगी कानुनमा कुनै तथ्य, तर्क र प्रमाण हुनु जरुरी थिएन । बौलाहाको कानुनमा तथ्य, तर्क र प्रमाणको मतलब हुदा पनि हुदैन ।
श्रावण १५ गते पत्रकार खेम भण्डारीले रविलाइ जंगी पारा देखाएको भनेर आफ्नो सामाजिक संजालमा आफ्नो राय राख्नु भएको थियो जो यसप्रकार छ. “ मैले ट्वीष्ट गरेर अनुसन्धान प्रभावित भयो भन्ने तपाईलाई मेरो प्रश्न छ – बलात्कारपछि हत्यामा चाहिने कुनै प्रमाण बाँकी छ ? के मैले ट्वीस्ट गरेर ती प्रमाण मेटाएको हो प्रहरीले ? मैले मेट्न लगाएको हुँ ? प्रमाण नमेटिएको भए आज अपराधी घोषित गर्ने जंगेशैली देखिन्थ्यो ? दुःख त के भने तपाई अमेरिकाबाट फर्केको मान्छे, उ त्यो चोर हो भनेर राणाकालमा गरिने न्यायको पक्षपाति देखिनु भयो । हामी यो बिकट गाउँमा बसेका मान्छे संगतिपूर्ण न्यायको लडाई लड्ने, तपाई विश्वको उन्नत लोकतन्त्रबाट फर्केको मान्छे जंगेशैलीको वकालत गर्ने । यही हो तपाई र हामी माटोसँग सम्बन्ध भएका पत्रकारबीचको फरक ।”
सायद अचम्म मान्नु पर्दैन होला किन भने आज रबि समर्थक व्यक्ति, उमेश कामीले नै त्यस्तो व्यवहार गरे जसको खुलासा पत्रकार भण्डारीले पहिले नै गर्नु भएको थियो । जस्तो गुरु उस्तै चेला भन्ने त उखानै छ नि । यो जंगी कानुनलाई प्रचलनमा ल्याउन खोज्ने व्यक्ति टेलिभिजनको कार्यक्रम चलाई राखेमा यसले अरु कति उमेश कामी जन्माउने हो र समाज कस्तो बौलाहा र सन्काहाको हातमा जाने हो ? यस्तो मामलामा सम्बन्धित निकायले उपुक्त कदम तल्काल चाल्नु पर्ने देखिन्छ ।
No comments:
Post a Comment