Sunday, August 25, 2019

बाघ बाघ संग भेडा भेडा संग

अहिले सामाजिक संजाल सालिक राम पुडासैनीको आत्महत्याले निक्कै गर्मिएको छ र यसले सिंग्गो समाजलाई दुइ भागमा विभाजित गरिदिएको छ । एकथरी कानूनको पक्षमा, अर्काथरी रविको पक्षमा। पत्रकार पुडासैनीले आफुले आत्महत्या गर्नु अघि किन यहि बाटो रोज्नु पर्यो भनेर खोलेको कारण निउज २४ मा सिधा कुरा जनता संगको कार्यक्रम प्रस्तोता रबि लामिछाने र युबराज कडेल  हरुले दिने अति मानसिक तनाब र निजि जिन्दगीमा समेत अनाबश्यक हस्तछेप भनि खोलेका छन् । प्रमाण यति अकाट्य हुदा हुदै पनि एउटा ठुलो समूह रबि लामिछानेको पक्षमा सडकमा नै उत्रिएका छन् भने अर्को एकदमै नगन्य भाग चाही प्रमाणले के बोल्छ त्यहि हुनुपर्छ भन्ने कुराको पक्षमा निर्भिक भएर उभिएका छन् । तर यस्तो लाग्छ कि रविको पक्षमा चितवनमा उर्लिएको भिडलाई तथ्य, तर्क र कानुनसँग कुनै सरोकार छैन । यो ठुलो भिडले आबेगमा आएर प्रमाण र सत्यलाई सर्लक्क निल्न खोजिरहेको छ ।


यो विभाजित समाजलाई बुझ्न र बुझाउन र एकै ठाउमा ल्याउन अहिले बुद्धिजिबीवर्ग, पत्रकार अनि लेखकहरुले आ-आफ्नो ठाउँ बाट कलम चलाउन पर्ने देखिन्छ । यस्तो बेलामा मौन रहनुको कुनै तुक छैन । पत्रकार मनोज खतिवडाले अस्ति आइतबार नेपाल खबर डट कममा रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो ? भन्ने शिर्षकमा लेख्छन, “केही समयअघि आत्महत्या गर्ने शालिकराम पुडासैनी रवि भाषामा ‘छातीमा लात्ती खाइ खाइ पनि प्रश्न सोध्न नडराउने’ कर्मठ पत्रकार हुन्। पत्रकार पुडासैनीले रविको कार्यक्रमका लागि घुस दिनेलाई रंगेहात समातेका, वीर अस्पताल र कालिमाटीमा प्रहरीको कुटाइ खाएर रिपोर्टिङ गरेका भिडियो फुटेज अहिले पनि युट्युबमा भेटिन्छन् । सिधा कुरा जनतासँग कार्यक्रमको सफलता शालिकरामहरुको त्यो संघर्षको संयुक्त परिणाम हो।”


“शालिकराम पुडासैनीको हत्या वा आत्महत्या प्रकरणको तहकिकात हुँदैछ । त्यसलाई एउटा निचोडमा पुर्‍याउँन दिनु उचित हुन्छ । अहिलेको अवस्थामा कुनै पुलिस अफिसर वा किशोर श्रेष्ठ जस्ता मुद्दासँग प्रत्यक्ष सम्पर्क नभएका मानिसहरूमाथि हिलो छ्याप्नु ठिक हो जस्तो लाग्दैन । सार्वजनिक भएको भिडियोमा कैफियत छ भने त्यतातिर फोकस गर्नु पर्‍यो । पुलिस एक्लैले मुद्दा दायर गर्ने होइन, सरकारी वकिलले पनि हेर्छ प्रतिवादी विरुद्ध प्रमाण पुगेको छ कि छैन भनेर । जवर्जस्ती मुद्दा बनाउन खोजेको छ भने अदालतले मुद्दा दर्ता गर्न अस्वीकार गर्न सक्छ भन्ने कुरा पनि विचारणीय छ । अहिले अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले जुन हर्कत रवि समर्थकहरूबाट भएको छ त्यसलाई उचित मान्न सकिँदैन । कुनै प्रकारको उत्तरदायित्व नभएका माध्यम र व्यक्तिहरूले लेखेका भरमा कसैको ज्यान गएको सम्वेदनशील मामिलाको तहकिकातको दिशा बदलिन सक्दैन । रवि निर्दोष छन् भने डराउनु पर्ने कुनै कुरो छैन । कुनै बेलाका रविका विश्वास प्राप्त सहायकले प्रष्ट शब्दमा उनीमाथि गम्भीर आरोप लगाउँदै आत्महत्या गरेको कुरो आएको छ । त्यो होइन भने पनि अनुसन्धानबाट यकीन हुनु पर्‍यो ।” वरिष्ठ पत्रकार, हरि अधिकारीको फेसबुक बाट साभार.


विर्तामोड, झापाको जुलुस हेरेपछि स्वतन्त्र पत्रकार नारायण अधिकारीले आइतबार आफ्नो मनमा लागेको कुरा फेसबुकमा यसरी ब्यक्त गरे :  "मन परेका नारा ।
रवि लामिछानेलाई — रिहा गर
शालिकरामलाई — न्याय दे
हत्यारालाई — कारवाही गर ।

यसको अर्थ के हो भने रवि, शालिकराम र हत्या अलग अलग विषय हुन् । यसलाई कसैले गाँसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ र जो साँचो अर्थमा हत्यारा हो ।


भिडलाइ भाड्ने एउटा पत्रकार हुनुहुन्छ, चाहे त्यो निर्मलाको केसमा होस् वा सालिकरामको केस अचम्म लाग्छ उनको कुरा बुज्ने र पत्याउनेहरुसंग । तर बाघ बाघ संग भेडा भेडा संग भन्ने त उखानै छ नि । वहा को नाम खेम भण्डारी हो, खेमजी मानसखण्डको सम्पादक पनि हो   भदौ १ को फेसबुक पोस्ट हेर्दा लाग्दैन कि वहालाई सत्य पत्ता लगाउने काम अपराध अनुसन्धान बिभागको हो पुलिस प्रशासनको होइन भनेर । यदि यसबारे राम्रो संग थाहा भएको भए सायद वहाले यस्तो पोस्ट गर्नु हुन्नथियो होला, "सालिकरामको आत्महत्या नभई हत्या भएको ठहरिए नेपाल प्रहरीलाई भंग गरिदिए हुन्छ । कहिल्यै नचेताउने, जहिल्यै गडबडी मात्रै गर्ने प्रहरीको के काम ? मुचुल्का भिडियो बारे तत्काल बोल्नुस आईजी साप नत्र अनिष्ट निम्तिने छ ।"


संचारबिज्ञ भानुभक्त आचार्यले पनि आइतबार यसबारे आफ्नो विचार सामाजिक संजालमा यसरी ब्यक्त गरे,  “अहिले रवि लामिछानेका समर्थकलाई “धैर्य राखौं । कानुनको निर्णय कुरौं । न्याय पाइन्छ” भन्ने कतिपय हिजो आफ्नो पक्षको नेता कार्यकर्ता पक्राउपर्दा प्रहरी प्रशासन र न्यायालय नै खर्लप्पै निलुँला जस्तो गरेर नेपाल बन्द गरी छुटाउनेहरु छन् । हिजोका पुस्ताले जे गरे, अहिलेकाले त्यसैको सिको गर्ने हो । मुहान सङ्लो पारौं, खहरे सङ्लिन कत्तिबेर लाग्दैन । कागती रोपेर सुन्तलाको आशा नगरौं ।”


त्यसो पनि होइन कि कोहि बोलेकै छैनन् । माथिका केहि उदाहरणले देखाउछ कि धेरैले आ-आफ्नो विचार पनि पोखिरहेका छन् । माथि देखाइएको उदाहरणहरुमा भिडको हल्लालाई धेरै हद सम्म साम्य पार्ने तागत र शक्ति छ; तर रबि समर्थक भिडले सहि कुरा सुन्न सक्ने बिबेक र साहास भने देखाई रहेका छैनन् 


यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ भदौ ४ गते प्रकाशित भएको थियो.

Sunday, August 18, 2019

बिश्वास, अबिश्वास र अन्धबिश्वास



नेपालमा आजको समयमा पनि धेरै ठाउँहरुमा महिलाहरु 'यो बोक्सी हो' भन्ने लान्छना बाट मुक्ति पाउन नसकेको कुरा हामी विभिन्न संचार माध्यमहरुमा बेला बेलामा पढ्ने गर्छौ. कति महिलाहरु त्यस्तो लान्छनाबाट लामो समय सम्म मानसिक रुपमा पिडित हुने गर्छन भने कतिलाई त हामी जुत्ताको माला लगाई गाँउ डुलाएको खबर फोटो सहित सामाजिक संजालहरुमा देखने गर्छौ. केहि बर्ष अघि मात्र बिबिसीको टेलिभिजन कार्यक्रम साझा सवालमा तराइ तिर बस्ने केहि महिलाहरु 'यो बोक्सी हो' भन्ने लान्छना बाट कति हद सम्म पिडित भएका छन् भन्ने कुरा हेर्न र बुझ्न पाएका थियौ. हामी जंग बहादुरको जमानामा छैनौ जुनबेलामा बोक्सीको आरोपमा समाजले मात्रै होइन कानुनले पनि बिश्वास गर्थ्यो. अरोपितले त्यसै अनुसारको सजाय भोग्नु पर्थ्यो.


अझै पनि बत्ति निभेको बेला केटीहरु / महिलाहरु जम्मा भएर रातिको खाना पछि गर्ने कुरा प्राय भुतप्रेत वा बोक्सीको कथाहरुनै हुन्छ. केहि बर्ष अघि जब सधै राती बत्ति जाने गर्थ्यो केटीहरु समुहमा बसेर भुत, बोक्सी र चुडैलको कथाहरु सुन्ने र सुनाउने गर्थे. आज सोनुले आफ्नो स्कूल जीवनमा घटेको घटना सुनाउदै भनिन. उनको घर नजिकै एउटी बुढी आम्मै बस्थिन जो उनीहरुको घरमा मासु पाक्दा, सधै कुनै न कुनै बहानामा छिर्ने गर्थ्यीं. एकदिन सोनुको ठुलो बुवाले जब उनी मासु खाएर बाहिर निस्के त्यसपछि चुलो नजिककै भएको रातो चिम्टाले नजिककै सुतिरहेको बिरालोको ढाडमा डामिदियो.  त्यसपछि त्यो बुढी आमा धेरै महिना सम्म निक्कै थला परिन र कहिँ हिड्न डुल्न पनि सकिनन्. हाम्रो घरमा पनि आउन छोडिन, सोनुले त्यो घटना सम्झदै सुनाए. उनी बिराटनगर बाट काठमाडौँ आएर, यही पढी रहेका छन् र उनी मास्टर्समा पढ्दै गरेको बिद्यार्थी हुन्.


मलाई केहि सोध्न र भन्न मन लागेको मन थियो तर सोनुले जसरी कुरा गरिन यसबाट विचार गर्न सकिन्थ्यो कि उनलाई त्यो घटनामा कति बिश्वास छ भनेर. तर मलाई भने बिरालोको ढाडमा डामे पछि बुढी आमै बिरामी भएको कुरामा अलिकत्ति पनि बिश्वास लागेन. चाहे त्यो मैले आफ्नै आँखाले देखेको, मेरै घरमा भएको भन्ने मान्छे सोनु जत्तिकै नजिक बसेर किन कुरा नगरोस. मैले नदेखे सम्म म बिश्वास गर्दै गर्दिन भनेर हठ गरेको होइन. म सानो हुदा यसरी भुत संग तर्सिने बोक्सीको कुरामा बिश्वास गर्ने अनि चुडैल को कथामा रमाउने केटीहरु संग धेरै संगत गरेको छु. कसैलाई भुत संग तर्सिनको लागि अध्यारो नै काफी हुन्छ भने कोहि चाही अध्यारोमा भुत संग जम्काभेट नभए सम्म भुत छ भन्ने कुरामा बिश्वास गर्दैनन्. तपाई मलाई दोस्रो बर्गमा राख्न सक्नु हुन्छ. बिरालोको ढाडमा डामे पछि बुढी आमै बिरामी भएको कुरा त केराको बोटमा आँप फलेको अनि हाम्ले टिपेर खाएको भन्ने कपोलकल्पित कहानी जत्तिकै सत्य छ. तरै पनि मलाइ आफ्नो विचार सोनु को विचार संग बझाउन ठिक लागेन त्यसैले उनको कुरा चित्त नबुझे पनि म चुप  लागेर बसे. तर्क गरेर आफ्नो कुरा माथि पार्नेमा पनि म बिश्वास नगर्नेमा परे. यो कुनै कुरामा बिश्वास वा अबिश्वासको कुरा हो. भुत काल्पनिक सत्य हो. भूतको कथामा रमाउनु कल्पनाको दुनियामा हराउनु हो. कसैलाई त्यस्तो सपनाको संसारमा रमाउन मन पर्छ होला तर म चाही सत्यको धरातल नै रुचाउछु.

कुराको क्रममा सोनुले के पनि सुनाइन भने उनको मामाहरु यहाँ [काठमाडौँ ] बिदेशी संघ सस्थामा बैज्ञानिक तहको अनुसन्धानात्मक काम गर्छन अनि आमा भने बिरामीको लागि धामी झाँक्रीको मा जान्छन. के गर्नु डाक्टरको औषधि ले छुदै छोएन. फेरी थप्दै भनिन यदी मामाहरुले आमा झाँक्रीकोमा उपचारको लागि गएको कुरा थाहा पाए भने गाली गर्नु हुन्छ.  सोनुको आमा र मामा को सोचको बिन्नाताले उनको हजुबुवाहरुले छोरा र छोरी लाइ पढाउने बेला गरेको विभेद मात्रै उजागर गर्दैन कि कसरी कलेज जानु र नजानुले मानिसको सोचमाअन्तर ल्याउछ भन्ने कुरा पनि प्रस्ट पार्छ. याद राख्नुस सोनु त आफै मास्टर्सको बिद्यार्थी हो तर पनि किन उसको सोच आमा पट्टि गयो त ?


अफ्रिकी समाजमा भुडू को प्रयोग व्यापक हुन्छ. यो केहि हद सम्म इंडियामा प्रयोग गरिने कालो जादु जस्तै हो. यसको प्रयोग मानिसहरुलाई मनोबैज्ञानिक रुपमा सताउनको लागि गरिन्छ. फरक के हो भने भुडूमा कुनै मानिसलाई खराब गर्ने पर्यो भने त्यो काम त्यही मानिसको सानो पुतला बनाएर अनि त्यो सानो पुतलालाइ रोप्दा, घोच्दा, थाचार्दा, जलौदा ति सबको असर पुतालालाइ नभई त्यो कसको पुतला हो त्यस ब्यक्तिलाइ असर गर्छ भन्ने कुरामा अफ्रिकीहरु बिश्वास गर्छन. तर इंडियामा कसैलाई बलि चढाउन पर्यो भने उनीहरु सिधै नै जुन मानिसको, वा बच्चाको कुरा गरेको हो त्यसैलाई नै सिधै बलि चढाई दिन्छन. तर यो त एउटा मात्र त्यस्तो घटना हो. भारत मा प्रयोग गर्ने कालो जादुको बारेमा कुरा गर्न एउटा किताबले मात्र पुग्दैन होला.


अमेरिकामा केहि कलेज पढेका युवाहरु सडकमा जादु देखाउने काम गर्छन. उनीहरु आफ्नो जादुमा बिज्ञानको मिश्रण गर्ने काममा माहिर छन्. दर्शकहरु तिनीहरुको जादु हेरेपछि छक्कै पर्छन. त्यस्ता केहि युवाहरु आफ्नो जादुमा भुडूमा प्रयोग गरिने बिधिलाइ अपनाउछन्. त्यसरी कालो जादुमा अपनाउने बिधिमा बिज्ञान र जादुको मिश्रण गरेर दर्शकहरुलाई चकित बनाएका थिए. तर यदी तपाइले विज्ञानको केहि आधारभूत कुराहरु बुझ्नु भयो भने यो बुझ्न सकिन्छ कि बिज्ञानमा थोर्रै मात्र ज्ञान मिसाउनु भयो भने धेरैको लागि त्यो जादुमा परिणत हुन्छ तर के अफ्रिकीहरुले मानसिक र शारिरिक हानिको लागि प्रयोग गर्ने गरेको भुडू बिधिको प्रचलनमा पनि थोरै मनोविज्ञान को गलत प्रयोजन भएको छैन र ? मानसिक रुपमा दरिलो मानिसहरुलाइ त त्यसले फरक नपार्ला तर कमजोर   मानसिकता भएको मानिसहरुलाई भने यसले नकारात्मक हिसाबले प्रभाब पार्ने कुरा मा दुइ राय छैन.


तपाईले अमेरिकीहरुले बनाएको टेलिभिजन कार्यक्रम घोस्ट हन्टर [ भुतको खोजीमा ] हेर्नु भएको हुनुपर्छ. बाह्र बर्ष भन्दा बढी चलेको यो कार्यक्रम कुनै समयमा अति लोकप्रिय कार्यक्रम थियो. यो कार्यक्रमको संचालकहरु हावामा भूतको कुरामा बिश्वास गर्ने होइन कि, बरु हो कि होइन भनेर प्रमाणित भए पछि मात्र यही हो भनेर किटानको साथ भन्ने गर्थे. यो संस्थाले गर्ने प्रयोग गर्ने औजारहरु र प्रमाणीकरण मा त्यहाको सैनिक संस्थाको समेत ठुलो बिश्वास थियो. त्यसैले एकचोटी उनीहरुले आफ्नो तर्साउने ब्यारेकको बारेमा बुझ्नको लागि भूतको खोजीमा लागेका टेलिभिजनको त्यही टीमलाई निम्त्याएका थिए. त्यो तर्साउने ब्यारेक बनेको ठाँउमा दोस्रो विश्व युद्ध ताका केहि मानिसहरु मारिएको थियो. उनीहरुले आफ्नो जांच राति एघार बजे पछि शुरु गरे र अध्यारो मा त्यहा के के हुदो रहेछ भनेर हेरे. त्यसबेला उनीहरुले आफ्नो अनुसन्धानात्मक कार्य रात को दुइ बजे सम्म गरेका थिए. त्यस टिममा भाग लिने एकजना अध्यारोमा भएको हर्कत बाट तर्सिएको आवाज आएपनि त्यहाँ केहि पनि देख्ने नसकिने गरि अध्यारो थियो. त्यो लामो अन्धकार करिडोर भएको ठुलो घर, जुन जमिन मुनि थियो भित्र निक्कै नै डर लाग्दो किसिमको बातावरण थियो. त्यो हेर्दा त्यहाँ भएको एउटा ठुलो शक्ति जसलाई देख्न त सकिदैन थियो तर महसुस भने सजिलै गर्न सकिन्थ्यो. त्यसैले एकजना अनुसन्धान गरि रहेको मानिसले अध्यारोमा एउटा प्रश्न गर्यो, यदी तिमि हामी यहाँ आएको रुचौदैनौ र तिमीहरु यहाबाट जाउ भन्छौ भने यो टेबलमा भएको टर्च लाइटलाइ तीन चोटी बाल्नु र निभाउनु. हामी तिम्रो कुरा बुझ्छौ. त्यहाँ एकछिन सम्म सन्नाटा छायो अनि त्यसपछि नजिककै राखेको टर्च लाइट अध्यारोमा तीन छोटी सम्म बल्ने र निभ्ने गर्यो. त्यसपछि उनीहरुले आफ्नो काम रोके र त्यो ब्यारेक बाट बाहिरिए. केहिदिन पछि उनीहरुले त्यहाँ भुत भएको रिपोर्ट सैनिक अधिकारीहरुलाई जानकारी गराए.

भूतको कथा र कहानीहरु हेर्न, सुन्न र पढ्न मलाई पनि मन पर्छ तर डर अनि यो माथिको बिश्वास भने यसको कारण होइन. बरु त्यो सबै कुरा भित्र लुकेको मानिसहरुको जटिल मनोविज्ञान बुझु हो. कसरी आफ्नो काम र स्वार्थको लागि मानिसहरुले भूतको कथाहरुलाइ जीवित राख्छन भन्ने बुझु बढी जरुरी हो र त्यो एकदमै रोचक हुने गर्छ. मैले इंडियामा हुने धेरै नै अपराधको घटनाहरुमा भूतलाई दोष दिएको तर अन्तमा त्यो सबको पछाडी कसरी मानब स्वार्थ लुकेको हुन्छ भन्ने देखेको छु. ठिक छ, कहिले काही हामी साच्चैनै भुतकै कथाहरु सुन्ने वा पढ्ने गर्छौ जसले हामीलाई एउटा अर्कै रमाइलो दुनियामा लैजान्छ. तर त्यस्तो भने एकदमै नगन्य हुन्छ. मलाइ आज सम्म पनि स्कूलमा हुँदा भूतलाई समात्दा भन्ने कथा पढेको याद आउछ. त्यो कथा पढेको दिन देखिनै अन्धविश्वासको पछाडी अज्ञानता भन्दा बढी स्वार्थ लुकेको हुन्छ भन्ने बुझे. हाम्रो समाजमा भूत र बोक्सीको कहानी जीवित रही रहनुको पछाडी हावाको कुरामा हो मा हो मिलाउने जमातको दोष मात्र होइन कि कुनै पनि कुराको राम्रो बिस्लेषण गर्न सक्ने दिमाग भएको मानिस जस्तै, शर्लक होल्म्स जस्ता जासुसको कथा अनि त्यस्तै किसिमको पात्रहरु कम लोकप्रिय हुनु पनि हो.


पुनस्च :  यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ श्रावण २९ गते प्रकाशित भएको थियो. अनि त्यो को रेग्मी हो जसको जात मेरो नाममा पुच्छर लागेर आयो, उसलाई खोजु कि नखोजु भनेर दोधारमा छु; किनकी, मलाई आफ्नो नाममा आफ्नै जात ठिक लाग्छ. 

Sunday, August 11, 2019

Perception


Gringo (a): - Hi, where are you from?
Mexican: - Hi, I’m from Mexico
Gringo (a): - Ah! The land of Chapo Guzmán, narcos, marihuana, crime and extortion.
Mexican -I’m sorry, are you a drug addict or a TV junkie?
Gringo (a) - No!!! Why?
Mexican - Because if you were an athlete or a sports fan, you would have identified Mexico with Ana Guevara, Hugo Sanchez, Julio Cesar Chavez, Finito, Chicharito Hernandez, Canelo Alvarez, Rafael Marquez, etc.
If you were an educated person, you would have asked about the Aztec empire, the Mayan culture, the Olmecs or any other of the great mesoamerican cultures.
If you were a well traveled person you would have talked about our majestic archaeological sites, our tourist-friendly colonial cities, our megalopolis or our exotic beaches… the astonishing biodiversity of our rain forests, mountain ranges, deserts, conifer forests…
You could have identified Mexico with our great painters, Diego Rivera, Rufino Tamayo, Frida Khalo, José Clemente Orozco; our composers: Agustín Lara, Consuelo Velázquez, Armando Manzanero, Juan Gabriel Jose Alfredo Jimenez, our writers and poets: Sor Juana Inés de la Cruz, Juan Rulfo, Octavio Paz, Juan José Arreola, Elena Poniatowska, Amado Nervo, Jaime Sabines;  our inventors or scientists: Manuel Mondragón, Guillermo González Camarera, Luis Ernesto Miramontes; our cinematographers: Ismael Rodríguez, Emilio Fernández, Alfonso Cuaron, Guillermo del Toro, Alejandro González Iñárritu, Emmanuel Lubezki, and even Luis Buñuel, who, being originally from Spain, chose to adopt the Mexican nationality...
If you were a gourmand, you would have asked about Tamales, Cochinita Pibil, Mole, Adobo, Chilaquiles, Chiles en nogada, Guacamole, Pan de Muerto, etc. Or our traditional beverages: Tequila, Mezcal, wines and beers. However, I can see, the only thing you can relate to Mexico is the provider to American drug addicts...
I just want you to realize that México is a lot more than what ignorant people and fear-mongering media knows or chooses to propagate.
There are millions of honest Mexicans, who even without knowing you, will open the door to our homes, and that if you care to visit, you will love to get to know us and to visit us. Mexico is even more than I can possibly tell you !
VIVA MÉXICO !
Author unknown
Note : Found on circling around Facebook, it was so good I wanted to share it with you all

Sunday, August 4, 2019

बिषादी तरकारी





photo source : Internet



नारायण गाँउलेले बेलायतबाट लामो अभिव्यक्ति लेखेर अन्तिममा यो प्रश्न उठाए : “दशकौं अघि स्वाभिमानको अर्थ बुझेका हामी नाथे तरकारीमा बिष छ छैन भन्ने जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं होला ? च्वास्स बिझ्दैन ?” अहिले सामाजिक संजाल हेर्दा भारत बाट भित्रिने तरकारीमा व्यापक बिषादी प्रयोग भएको पुष्टि भैसक्दा पनि सरकारले त्यसलाई रोक्न नाकाम भएको कुराले जनताहरु एकदम आक्रोशित भएका कुरा बुझ्न सकिन्छ। त्यसैले पनि अहिले सबै जिम्मेवार नागरिकहरुले यसै बारेमा आ-आफ्नो मत लेखिरहेका छन्। सुद्ध र स्वस्थ खाना जनताको पहिलो प्राथमिकता हो र यो हाम्रो संबैधानिक अधिकारको कुरा भित्र पनि पर्छ । जसरी बाच्नको लागि सोक्ष्य हावाको जरुरत हुन्छ त्यसरी नै स्वस्थ जिबनको लागि बिषादी प्रयोग नभएको खानेकुराहरुको जरुरत पर्छ। यहाँ कुरा के पनि देखियो भने भारतले आफ्नो निर्यात आकडा माथि पार्नको लागि जनताले अस्वीकार गरेको चिजबिज पनि नेपाल सरकारले जबरजस्ती भित्र्याउनु पर्ने देखिन आयो। यो त ठाडै गुन्डागर्दी हो. कुनै पनि ब्यापारमा ब्यापारीको हात सधै माथि पर्नु पर्छ भन्ने हुदैन। यदि ग्राहकले उसले बेच्न खोजेको सामानमा खराबी देखि किन्न मानेन भने जबरजस्ती भिडाउनु पर्छ भन्ने छैन। त्यो जमाना गयो जब त्यस्तो किसिमको लेनदेन पनि हुने गर्थ्यो । तर अब जमाना त्यस्तो रहेन।


धेरै बेला भारत सरकारले नेपालमा गर्ने व्यहारमा सय बर्ष अघि बेलायती सरकारले उनीहरुलाई गर्ने गएगुज्रेको व्यवहारको झलक टटकारै देख्न सकिन्छ। कुनै बेला त्यस्तो समय पनि थियो जब बेलायती सरकारमा भएका केहि अधिकारीहरुले आफ्नो खुट्टा भारतमा भारतीयहरुको टाउकोमा राख्दा गर्वान्बित महशुस गर्थे तर भारतीयहरु भने त्यस बारे चु सम्म पनि गर्न सक्दैन थिए। आज पनि भारत सरकारमा केहि त्यस्ता मानिसहरु छन् जो त्यो चलनलाई अझै जीवित राखी राखने कुरामा विश्वास गर्छन, नत्र त बिषादीयुक्त तरकारी अरुको देशमा जबर्जस्ती निकासी गर्ने पर्ने अर्को कुनै बाध्यता त देखिदैन। अर्को कुरा यस्तो कुरामा पनि आफ्नो अडान लिन नसक्नु नेपाल सरकारको निक्कमापनको हद हो।



कुनै पनि देशले मेरो देशमा उत्पादित बिषादी तरकारी तिम्रो देशले खानै पर्छ भन्यो भने उसको अन्तरराष्ट्रिय छबि कस्तो होला ? तर भारत सरकार यो प्रश्नको उत्तर जान्नुमा खास्सै जिज्ञासा राख्छ जस्तो देखिदैन । त्यो भन्दा ठुलो प्रश्न यो हो कि के उनीहरुले खाउ भन्दैमा हामीहरुले त्यो खानै पर्छ भन्ने छ र ? त्यसैले पनि हामीले यो सरकारलाई र भारत सरकारलाई पनि यो देखाउनु छ कि तिम्रो हुकुम यहाँ चल्दैन किन कि हामी तिम्रो सिमा बाहिर छौ।



केहि बर्ष अघि भारतीय नकाबंधी ताका प्रधानमन्त्री के. पी. ओलीको भारत बिरुद्धको कडा अडानलाइ जनताले स्वागत गरेका थिए र उनको त्यही अडानले उनलाई दोस्रो चोटी पनि प्रधानमन्त्री हुन सघाउ पुर्याएको हो। तर आजको दिनमा कसरी त्यही ब्यक्तिले बिषादी तरकारीको मामलामा सहि ढंगले आफ्नो अडान राख्न सकेन त ? खैर त्यो कुरा यहि नै छोडी दिउ। त्यो भन्दा पनि यो समस्या भनेको हामी कति हद सम्म हाम्रो दैनिकीको लागि भारतमा निर्भर रहेछौ कि उसले बिषादीयुक्त तरकारी पठाएको थाहा पाउदा पाउदै पनि हामीले किन्दैनौ खादैनौ भन्न नसक्ने।



केहि बर्ष अघिको नाकाबन्दी र अहिलेको बिषादी युक्त तरकारीको हाललाइ हेरेर पनि सरकारले दुधमा जस्तै तरकारीमा पनि कसरी हामी आत्मनिर्भर हुने भन्ने सोचेर दिर्घकालिन योजना बनाएमा आउने दिनहरुमा भारतको मनपरी बजार यहाँ चल्ने छैन। यसको लागि हामीले चिफ मिनिस्टर पवन चामलिंगले कसरी सिक्किमलाइ बंगालको बिषादी तरकारीको मारबाट बचाए भन्ने उपायबाट पनि धेरै सिक्न सकिन्छ। प्राय जसो तरकारीहरु ४५ देखि ९० दिन सम्ममा तयार भैसक्छ। यदि यसमा काम गरिरहेको किसानहरुलाइ सरल र सजिलो ऋण सुबिधा दिने हो भने आधा समस्या त यत्तिकै हल हुन्छ। त्यस बाहेक पनि हामी आफैले पनि यो कुरालाई आफ्नो जिम्मेवारी मनन गरेर केहि सानै भए पनि सरल उपायहरु अपनाउनु ठिक हुन्छ।



त्यसैले पत्रकार दुर्गा कार्कीले आफ्नो भित्तामा गमलामा खुर्सानीको फोटो राखेर यस्तो लेखिन, "बिषादीयुक्त राष्ट्रबादबाट जाेगिन गमलामा भए पनि घर घरमा तरकारी राेपाैं ।" रोहित भण्डारीले कतारबाट आफ्नो भित्तामा कान्तिपुरको बिषादी युक्त तरकारीको समाचार सहितको फोटो राखेर यस्तो लेखे, "जे सुकै भए पनि , कौशी हुनेले कौशीमा, करेशाबारी हुनेले करेशाबारीमा आफुलाइ पुग्ने तरकारी लगाम। कौशी र करेशाबारी नहुनेले पारिका होइन वारीका उत्पादन उपभोग गर्ने बानी बसालौँ। हेर्दा चिल्ला नभए पनि कम बिसादीयुक्त छन। धेरै बिसादीमुक्त भइसके। सबैको लागि बिसादीमुक्त बनाउने अभियान जारी छ। आफ्नो स्वास्थ्यको हेरबिचार पहिले आफू नै गरौँ। "