Sunday, October 13, 2019

दुई धनबानले सिकाएको पाठ


आजको दिनमा सुन्नेलाई पत्याउन  पनि गार्हो हुने कुरा के हो भने कुनै जमाना त्यो पनि थियो जब कम्प्युटर ठुला कार्यालयहरुले मात्र चलाउन सक्थे तर आजकल कम्प्युटर एउटा यस्तो समान हो जो हाम्रो  दैनिक जीवनमा अति आवश्यक बस्तुमा पर्न आउछ । यो कुनै पनि कार्यालय, बिद्यालय र बिश्वबिद्यालय मात्र नभई आजकल त घर घरको लागि समेत अति आवश्यक सामानको सुचिमा पर्छ l  आज यौटै घरमा पनि प्रत्येकको लागि एउटा कम्प्युटर आवश्यक जस्तै भैसक्यो. आज धेरैको घरमा व्यक्ति पिच्छे एउटा कम्प्युटर छ पनि. कम्प्युटरलाइ सारा संसार माझ पुर्याउने श्रेय दुइ अमेरिकीलाइ जान्छ, ती हुन् बिल गेट्स र स्टिभ जब्स ।  बिल गेट्सले कम्प्युटरमा यसरी कोडिंग गरे कि कम्प्युटर कार्यालयहरुको लागि मात्र नभई घर घरमा समेत प्रयोगमा ल्याइयो । रमाइलो कुरा त के छ भने कम्प्युटरको आविष्कार बिल र स्टिभ दुबैले गरेका भने होइनन । स्टिभ जब्सले स्थापना गरेको कंपनी एप्पलले कम्प्युटर बनाउने र बेच्ने गरे पनि स्टिभ पनि कम्प्युटरको आविष्कारक भने होइन ।  जे होस्, यी दुइ धनबानको कमाईको प्रमुख श्रोत भने कम्प्युटरको बढ्दो प्रयोग र बिक्री नै हो र थियो । यदि बिल गेट्स संसारको सबै भन्दा धनि व्यक्तिको सुचिमा २० बर्ष सबै भन्दा माथि रहे भने, एउटा त्यस्तो समय पनि थियो जब स्टिभ जब्सको कंपनी एप्पल संग अमेरिकी सरकार संग भन्दा पनि बढी पैसा थियो । त्यो पनि त्यसबेला जब अमेरिका, जो कि संसारको सबै भन्दा धनि र शक्तिशाली राष्ट्रमा गनिन्छ, बित्तिय संकटमा परेको थियो. 
            
दुइ बीच समानता के थियो भने दुवैमा केहि असाधारण गुणहरु थिए ।  जस्तो कि गेट्स कम्प्युटर कोडिग गर्न सिपालु थिए भने जब्सको कुनै पनि समान बिक्री गर्न सक्ने क्षमता गज्जबको थियो ।  बिल गेट्सको भाषामा भन्नु पर्दा, उनि माटोलाई पनि सुन भनेर बेच्न सक्थे । जब्स र गेट्स यौटै साल जन्मेका थिए । दुबैले बिश्वबिद्यालयको पढाई बिचैमा छोडेका थिए ।  दुबैलाई कम्प्युटर संग आसक्त थियो । दुबैले आफ्नो जिबनको सारा सृजनात्मक क्षमता यसै कामको लागी होमेका थिए । बिल गेट्सको आमा बुवा दुवै पढे लेखेका थिए भने स्टिभ जब्सको बाबु आमा भने अशिक्षित थिए ।   तर यी दुइले एक अर्का लाई कसरी हेर्थे त ? दुवै कम्प्युटरको काम गर्ने भएकोले युबाबस्ता देखि एकार्का संग काम गरिरहेका भए पनि जब्सको कम्पनी एप्पल माइक्रोसफ्ट भन्दा अघि नै अरबौ कमाइसकेका थिए । त्यसैले पनि माइक्रोसफ्टले एप्पलको लागि केहि सफ्टवयर बनाउने गर्थ्यो. त्यस्तो बेला स्टिभले बिल गेट्स लाई बिना कारण आधा घण्टा कुराउन लगाएको थियो ।  अमेरिकी समाजमा त्यसलाई अनादर मानिन्छ । स्तिभले बिललाई गन्दैन थिए किनकि उनलाई माइक्रोसफ्टको सफ्टवयरहरु राम्रो लाग्दैन थियो । बिलले पनि स्टिभलाई गन्दैन थियो किनकी उनि सफ्टवयर बनाउन जान्ने व्यक्ति थिएनन न उनि इन्जिनियर नै थिए । बर्षौ सम्म संगत गरे पछि बिलले स्टिभलाई अफ्ठ्यारो किसिमको भएर पनि राम्रो माने ता पनि स्टिभले भने बिलको बारेमा पछि सम्म पनि आफ्नो धारणा परिबर्तन गरेनन ।  बिल स्वाद रहित मानिस हो र उनले उत्पादन गरेको सफ्टवयरहरुमा कला हुदैन भनेर स्टिभ भन्ने गर्थे । 

पैसा भयो भने दिन्छु वा दिन्थे  । कतिले यो वाक्य सुनेको हुनु पर्छ, भएको भए दिन्थे. पैसा छैन त्यहि भएर दिन सकिन ।   पैसा दिन पैसा होइन मन हुनु पर्छ भन्ने कुरा बिल र स्टिभ लाई हेरेर थाहा हुन्छ । जब्स अर्बौ कमाउदा पनि एक साधारण व्यक्ति सरह नै जिबनयापन गर्थे ।  धेरैको सोचाई छ खर्च कम गर्ने मानिसहरु राम्रो. ठिक छ स्टिभ आफुले कमाएको पैसा बेफिक्री चाहिने नचाहिने कुरामा खर्च गर्दैन थिए । खर्च कम वा बढी गर्ने बानी हो, कसैको लागि यो राम्रो बानी हो भने कसैको लागि भने यो कन्जुस्याईको हद हो. उनको जिबनी लेखकको अनुसार अरुलाई दिने भन्ने बिचारले मात्रै पनि उनको जिउमा काँडा उम्रिन्थियो ।  तर त्यो सब गर्दा पनि कसरी उनि संग कुनै समाज सेवाको लागि दिने पैसा कहिले पनि भएन त ? जबकि उनी जत्तिकै धनि गेट्सले ठुलो महलमा बसेर पनि आफ्नो जिन्दगी भरको कमाइको ९५% दिन सक्ने सामर्थ्य राखे त ? 
     

सामान्य मानिसहरुको सोच के छ भने यदि कसैले धर्ममा आस्था र विश्वास राख्छ  भने उ धर्ममा विश्वास नगर्ने भन्दा राम्रो व्यक्तिमा गनिन्छ । धेरै मानिसहरु यो कुरामा विश्वास गर्छ कि धर्मले मानिसहरुलाइ अझ राम्रो  मानिस बनाउछ । बिल गेट्स र स्टिभ जब्स लाई हेर्दा यो कुरा सोर्है आना ठिक हो भन्ने ठाउँ देखिदैन । दुवैले संसार भरमा चिनिने कम्प्युटर कंपनी चलाए पनि  यी दुइ भने उत्तर र दक्षिण कोरिया जत्तिकै भिन्न थिए । स्टिभ जब्स धर्ममा विश्वास गर्थे इंडिया को भ्रमण गरेर थिए तर उनले आफ्नो मातहतमा काम गर्ने मानिसहरुलाइ  गर्ने ब्यबहार निकै नै गएगुज्रेको थियो. उनको जिबनी लेख्नेले के लेखेका छन् भने उनि छुचो थियो र उनलाई नरम बोल्न आउदैनथ्यो । धनिहरु गरिबहरु भन्दा बढी हेपाहा हुन्छ भन्ने कुरा पनि बिल र स्टिभलाई हेरेर भन्नु पर्दा गलत धारणा हो भन्ने बुझिन्छ  । तर धर्ममा विश्वास राख्ने र अध्यात्मको खोजि र पछि लागेका स्टिभ जब्स, मान्छे भने राम्रो थिएन । सहयोग गर्नु वा र दान गर्ने कुरामा उनि निकै पछि थिए । यस मामलामा उनि अरु त अरु, आफ्नो स्वास्नीले चलाई रहेको कलेज ट्रैक नामको सस्थालाइ समेत पैसा दिदैन थिए ।  पैसा नभएर नदिने एउटा कुरा, तर; कुस्त पैसा भएर पनि कौडी पनि दिन नखोज्नु अर्को कुरा । युवा समयमा उनि बेस्यावृति पनि गर्थे, त्यसबेला पनि उनको देबतामा विश्वास कायमै थियो । स्टिभ जब्सको ठिक बिपरित बिल गेट्स देबताको अस्तित्वोमा विश्वास नगर्ने व्यक्ति हुन् र उनि स्टिभ जस्तो अध्यात्मको खोजिमा इंडियामा त के अमेरिकामा पनि भौतारेका थिएनन ।  तर पनि गेट्सले आफ्ना मातहतमा काम गर्ने मानिसहरु संग सधै राम्रो र नरम बोलीमा बोल्थे र उनीहरुलाई इज्जत गर्थे. धेरैलाई थाहा भएकै कुरा हो बिल गेट्सले आफुले कमाएको कुस्त पैसाको ९५% दान दिएर नै सदुपयोग गरि रहेका छन् र उनीलाई सहयोग गर्ने उनका अर्को धनबान साथी वारेन बफेट हुन् । वारेन बफेटले शेयर बजारमा लगानी गरेर कुस्त कमाएका हुन्. 
  

धर्ममा आस्था  र विश्वास राख्ने मानिसहरु असल, यो मानिसहरुको विश्वास मात्रै हो तर ब्यबहारमा भने यो सोच लागु भएको देखिदैन ।  बिल गेट्स र स्टिव जब्सको पुरा जिबनी धेरैको लागि खुल्ला किताब जस्तो हुनु एक हिसाबले राम्रो पनि हो, किनकि; हामीहरुले उनीहरुलाई हेरर त्यसबाट धेरै कुरा सिक्न पायौ ।  यो बुझ्न सक्छौ कि, धर्ममा विश्वास गर्दैमा कोहि पनि व्यक्ति राम्रो हुदैन, यो कुरा सबैमा लागु हुन्छ किनकि जसको कुरा हामीलाई थाहा हुदैन त्यो सायद बिल र स्टिव जस्तै संसार भरि चिनिएको अनुहार थिएन ।  

संसार भरि नै धर्ममा लाग्ने धेरै पादरी अथवा पुजारीहरुले गर्ने गरेको अनगिन्ति खराब आचरणको कुराहरु उनीहरुको समर्थकहरुले सके सम्म ढाकछोप गर्ने गरेका छन् ।  चर्च भित्र हुने गरेको यौन शोषणको कुराहरु बिस्तारै भए पनि अहिले माथिल्लो तह बाट नै स्वीकार गरिएको समाचारहरु पनि आजकल हामी पढ्न पाउछौ. भनिन्छ नि, हात्तिको जस्तो देखाउने दात एउटा र चपाउने दात अर्को भनेको जस्तो, पादरीहरु जस्तो दुनियाको लागि एउटा रूप तर पर्दा पछाडी अर्को रुप ।  यो सबलाइ हेर्दा र बिशेष गरि संसारको दुइ धनवानहरुको जीवनीलाई हेर्दा हामी के निस्कर्ष निकाल्न सक्छौ भने कसैको धर्ममा विश्वास हुनु राम्रो वा नहुनुले त्यो व्यक्ति खराब हुने भने होइन रहेछ । यदि कसैले अझै पनि यसमा विश्वास गर्छ भने यो त्यतीकै सत्य छ जत्ति कसैले यो विश्वास गर्छ कि सेतो मनिसहरु चाही मानब तर कालो मानिसहरु चाही बाँदर ।  अब यो कुराको बहस चाही हामी ट्रेवर नोहालाई छोडी दिनु पर्ला । किन कि उनि एक अफ्रिकी कमेडियन हुन् र उनि अफ्रिकी र स्विसको, [ कालो र गोरो ] मिश्रित रुप भए पनि अमेरिकामा काला जातीमा नै गनिन्छन । त्यसैले पनि होला उनको तार्किक क्षमता हाम्रो भन्दा दुइ गुना राम्रो छ । धन्न गेट्स र जब्सको सार्बजनिक ब्यक्तित्वोको कारण कुनै पनि कुरा लुकाउन साध्य थिएन ।  लुकाएको भए पनि संसार कै सबै भन्दा ठुलो प्रेस स्वोतान्त्रताका पक्षपाती अमेरिकी पत्रकारहरुले लुकाएको कुरा सार्बजनिक गर्नमा गर्ब गरिहाल्थे । जादा जादै के भन्न जरुरी छ भने स्टिभ जब्स मरे पछि उनको सारा सम्पति उनको पत्नी लोरेन पावेल जब्सको नाममा छ, जसले अहिले बरु स्टिभ जब्सले भन्दा बढी नै समाज सेवाको कार्यहरुको लागि दिने गर्छ ।          


    



Sunday, September 29, 2019

Message from tin tops






Everyone knows the Parliament Building is landmark in New Baneshwor. Panitanki [water tank] is the place where locals tell their visiting friends and relatives to come and then I will pick you up from there. In so many aspect this is that building which is sample in many ways like if you talk about the space it covers and the architecture of this building which dates back to Arniko Pagoda style roof top which was gift to China from Nepal. If you look at this building it is made of all white marble, bright and feel good when you look around. However, if you get a chance to find yourself standing on rooftop of one of the buildings that surrounds this famous landmark; you will see that the main building which gives you the air that its fit for kings and great rulers is surrounded by many smaller buildings.




Asymmetrical tin tops gives you full imagination that this is one of the slum in city

What will make catch your attention next is almost all of those smaller buildings have tin tops on it. When I see this imbalances of main and side building within a boundary; it made me think hard which raised so many questions in my mind. Why the smaller buildings have tin tops on it when it's the part of the lavish building that stands almost at the center of the ground. It also makes me think hard and again question why those smaller building looks like slum area, when this building carries the image of our new constitutional government. What does those tin tops symbolize ? Or what message its sending to those who see it ?


Does this mean that our government do not have enough budget to build its offices ? I bet out of over six hundreds of parliamentarians, over a dozen of them must have been and seen at least one slum area of this country to know most of it lacks the proper infrastructure of building. Almost all of it, I mean more than 95% of it; having tin tops as a roof. Roof of the building tells you whether one is lacking finance or not while making a home. If I believe that our government do not have enough budget then how come we keep reading about the expensive desires of our president Madam when it comes to her choice of car or helicopter that creates uproar in social media. Recently, I read that bullet proof cars of ex-king required more than 30 million just to repair and be used by Deputy Prime Minister and VVIP of our army men. Those bullet proof car is nothing more than show off in our nation where assassination of those in power position is rare incidents compared to other nations. I am afraid to raise a question, where does this building falls in our prime minister famous slogan Prosperous Nepal Happy Nepali ? Because he might retort we did not build those building.


When I see these tin tops my mind travels fast in the story of those remote village girls who were forced to enter in flesh trade at very young age. I read somewhere that there is a famous saying in Sindhuli, a village in Nepal. If you see a shiny new tin tops in a local’s house this means the house has a girl in Mumbai. If you know  stories like this, then no one from the home needs to tell you a detail story because the roof tells you all. Have you read the book Sold by Patricia McCormick, that was published in 2006, which was made into movie in 2014 by Oscar winning director  ? It's about a young Nepali girl named Laxmi, who was sold into a sexual slavery in India. The book tells you how much poverty she had to go through even if her mother worked so hard to provide two times meal for a family of four. The condition of house was such that this young and poor girl has only one dream and that is a tin top for her home.

We all know that before Maiti Nepal activated many of its people on the border of Nepal India, every year thousands of young girls used to get trafficked to India for flesh trade. Now, trafficking to India may have gone down but the flesh trade industry have been on rise in Thamel, Kathmandu, after border surveillance activity by Maiti Nepal. It was then the work of Rachhya Nepal started, they have been around for more than twelve years working to save girls who are forced in flesh trade. So, it makes me think how many house in Nepal got the new tin tops to tell the story of young girls who are forced in flesh trade. It may mean prosperity to some greedy father, brothers, uncles, husband but it do have power to tell you a very sad story, story of unending poverty. Poverty that have been eternal in this land.


When the sun falls on it, tin tops shines so much to blister your eyes, but it force you to think hard. Because to some extent those tin tops also tells you the story of lazy men who view young girls/women as commodity when they themselves can’t earn but want to spend as much as they would like to.


More questions comes to my mind, is this a tribute to all those who are sold to India for flesh trade. Giving the limited number of those tin tops we can argue that those tin tops tells us the story of only selected few. How about of only those who died with AIDS, or who ran and survived the horrific life or those who stand up to fight against the flesh trade. What message this tin top is trying to tell us ?


Lack of willpower : Poor government is not something to believe, but it's the willpower to build the image of our government that can send a good/bad message. A good message, if it wants to; not just to its people but also to the international society. Because in the recent time this building has been the center of many events that is televised live across the globe.



Asymmetrical tin tops : If you are a bird with a camera on your eyes, you can see, some are new, some are rusted and many of it must be leaking and some are half patched. Is this trying to tell us that how resourceful is the man who topped these tin. Could this be the story of the corrupt contractor who thinks it's not necessary to match all the tin tops with symmetrical size or color.  Who will go and watch it from top ? Do they suffers from, we are on the top and untouchables.



Discrimination : does that imbalance of main and side buildings tells us the story of deep rooted cultural practice of discrimination to those who are under us ? Every society has the story of polarization but ours practice it in very bad way, one form of it can be seen in caste system. Is this the new way to say we [parliamentarians] are higher than those who work for us or the one who we serve do not even count in the picture.





If our government would like to change the look of slum in the parliament building then they must take action without any delay. Recently, I read in a news that Prime Minister has announced budget surplus this year. The news reporter added that he termed as earning which he could not spend during the last fiscal year’s budget. The surplus is said to be about 40% of the budget. Why not government think about using the surplus budget to give a face-lift to parliament offices removing tin top which tells us the story of Nepal, a believer of torch bearer of eternal poverty.


Saturday, September 21, 2019

बलात्कारीलाई फाँसी

गत हप्ता बिरगंज निबासी मुस्कान खातुनलाई प्रेम प्रस्ताब अस्विकार गरेको आरोपमा एउटा युवकले आफ्नो साथी संग मिलेर एसिड फ्याकी उनलाई कुरुप बनाउने र 'मेरो नभए अरु कसैको पनि नहोस' भन्ने मानसिकताको शिकार  बनाएको छ . एसिड छ्याप्ने वीरगञ्ज-२ छप्कैयाका १६ वर्षीय सम्साद मियाँलाई पहिला र केही समयपछि एसिड प्रहारका योजनाकार रहेका सोही ठाउँका १६ वर्षीय माजिद आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो । महिला हिंसाको यो प्रयोग पाकिस्थान, बंगलादेश अनि इंडियामा बढी हुने गर्छ र इन्डियनमा पनि नेपाल मा जस्तै  एसिड प्रहार अन्य भन्दा पनि मुस्लिम समुदायमा बढी प्रयोग हुन्छ. एसिड प्रहार पछि मुस्कानको बाबुले एसिड छ्याप्नेलाइ झुण्ड्याइयोस् भनि नेपाल सरकारलाई गुहारेका छन्. मुस्कानलाइ एसिड प्रहार पछि केहि दिन यता सामाजिक संजालमा एसिड प्रहार गर्नेलाइ मृत्युदण्डको माग चर्केको  छ; अनि त्यसमा हो मा हो गरेर स्वर मिलाउनेहरुको संख्या कम छैन धेरै लाइ थाहा नहुन सक्छ नेपालले अन्तरराष्ट्रिय मानबअधिकारको सम्झौता पत्रमा हस्ताक्षर गरेको हुनाले हाम्रो संबिधानमा समेत यसको प्राबधान नभएकोले पनि कसैलाइ पनि मृत्युदण्डको सजाय तोक्न मिल्दैन

बलात्कारीलाई फाँसी भनेर केहि साल अघि कान्तिपुरका स्तम्भ लेखक अखण्ड भण्डारीले आवाज उठाएको थियो । त्यो समयमा धेरै महिला अधिकारबादीहरु पनि अति बलात्कार भए पछि आजित भएर सडकमा समेत यहि नारा लगाउथे. यसको बारेमा धेरै बहस भए पनि बेला बेलामा मानिसहरु आजित भएर मृत्यु दण्डको माग गरिरहनछन. परिवारजनहरु आफुलाई केहि हुदा रिसाएर रिसको झोकमा यो वा त्यो कुराको माग वा अडान गर्नु स्वाभाविक हो तर त्यो कुरालाई पत्रकारहरुले बुझ्ने र बुझाउने तरिका फरक हुदा बुबा रसुल अन्सारीको आक्रोशले धेरैलाइ पो छोएको हो कि !

बिकास गिरी पेसाले वकिल हो आइतबार वहाले आफ्नो सामाजिक संजालमा यस्तो राख्नु भएको थियो. “एसिड आक्रमण गर्नेलाई बलात्कारी भन्दा कडा सजाय हुने कानुन बनाउनुपर्ने देखियो । पीडकलाई अपराध बमोजिम गरीने सजाय कम भो ! तत्काल चै एसिड विक्री गर्न लाइसेन्स अनिवार्य गरियोस र एसिड किन्ने व्यक्तिको नागरिकता वा परिचयपत्र लिएरमात्र विक्री गर्ने व्यवस्था गरीयोस । कमसेकम एसिड प्रहार गर्नेलाई जन्मकैदको सजाय गर्ने ब्यवस्था गर्ने गरि कानुन संशोधन होस् । एसिड प्रहारबाट पीडित व्यक्तिको सम्पूर्ण उपचार खर्च तत्काल चै सरकारले व्यहोरोस् र पछि पिडकबाट थप जरीवाना सहित भराओस ।

मै पो यस्तो संबेदनशील मामलामा असंबेदनशिल भएको पो हु कि ? तर कानुनले रिसको झोकमा निर्णय गर्दैन । यदि कसैले रिसको झोकमा निर्णय गर्छ भने त्यो प्रतिशोध हो न्याय होइन । बलात्कारीहरु र एसिड प्रहार गर्नेहरु संग मलाई पनि रिस उठ्छ तर पनि उनीहरुलाई सजाय मृत्युदण्ड नै हुनुपर्छ भन्ने होइन । कुनै पनि सजायको मतलब त्यो घटनालाइ आउने दिनहरुमा कसरी कम गर्ने भन्ने हो । सजाय समाज को लागि हो परिबारको मनको शान्तिको लागि मात्र होइन । इंडियामा भएको बलात्कार र सजायहरुलाई हेर्ने हो भने यो थाहा हुन्छा कि सजाय दिदैमा यो कम भएको भने छैन । अथवा के मृत्यु दण्डले बलात्कार वा एसिड प्रहार कम हुने हो त ? त्यसको मतलब के उनीहरुलाई सजाय नै नदिने हो त ?

पिडित र पिडितको परिवारको लागि त बलात्कार र एसिड प्रहार जस्तो केसमा मृत्युदण्ड नै उचित सजाय हो तर मृत्युदण्ड समाजको लागि भने उचित होइन, न सबै खाले अपराधीहरुको मृत्युले समाजमा सुरक्षा कायम गर्ने कुनै ग्यारेन्टी नै छ । कति बेला समाज फेर्नको लागि अदालत वा कानुनले दिने सजाय भन्दा राम्रो बरु पिडित पक्षले नै त्यसको लागि तगडा कदम चाल्नु । मेरो मतलब प्रतिशोध पनि होइन जो कि कानुनलाई आफ्नो हातमा लिनु अनि फेरी आफ्नै जिन्दगी बर्बाद गर्नु. केटाहरुले जसले म यो केटीलाइ तबाह गर्न सक्छु भन्ने सोचेर कुनै कदम चाल्छ भने केटीहरुले जीवनमा उनीहरुको मृत्यु होइन कि लामो आयु माग्नु र आफ्नो जीबनमा केहि गरेर अनि बनेर देखाउनु । त्यो खालको केटाहरुलाई उनीहरु भन्दा राम्रो भएर देखाउनु सबै भन्दा ठुलो सजाय हो यो । कुनै केटाको मृत्युमा यो ताकत छैन जब त्यो केटि उनको अघि उभिएर उनलाई यौ भन्छ, तिमीलाई मेरो जिन्दगी अन्त्य गर्ने कुनै अधिकार छैन । कसैको लागि अथवा धेरैको लागि यो एकदमै कोरा काल्पनिक लाग्न सक्छ तर यो नै सत्य हो ।

एसिड प्रहार र बलात्कार निचताको हद हो । कसैको सुन्दर मुहारमा तेजाब फ़ेकेर उनको जिन्दगी बर्बाद गरिदिन्छु भन्ने सोच्ने र त्यो सोचलाई साकार हुन दिने हर्कत गर्नु बरु खराब हो । किन त्यो केटालाई आफ्नो जीवन राम्रो बनाएर तगडा जवाफ नदिने ! किन आफ्नो सौन्दर्य आफ्नो अनुहारमा मात्रै छ भनेर सोच्ने ? किन हाम्रो सारा इज्जत र हाम्रो जिन्दगी बन्ने र बिगार्ने तागत हाम्रो गुप्ताङ्गमा अडेको छ भनेर सोच्ने ? यदि त्यसो हो भने हाम्रो दिमागले के काम गर्छ त ? सोच्ने काम बलात्कारीलाइ छोड्ने होइन न उसले सोचेको रुप र गुप्ताङ्गलाइ । सोच्ने काम दिमागको हो त्यसैले ठण्डा दिमागले सोचौ र बलात्कारीलाई फाँसी भन्न छोडौ ।

Sunday, September 8, 2019

जंगी कानुन

"किशोर श्रेष्ठ र खेम भण्डारीलाइ ५ जना साक्षी राखेर चौबाटोमा जिउदै गाड्नु । मेरो आदेश पर्खिनु पर्दैन।"  यो विचार आफ्नो फेसबुकमा राख्ने व्यक्तिको नाम उमेश उत्सव कामि हो । कामीले यो कुरा यसरी भनेका छन् मानौ कि उनी त्यस देशको बासिन्दा हो जहाँ कानुनको कुनै मूल्य र मान्यता नै  छैन। मानौ कि उनी त्यस देशको राजा हो र कानुन उनको मुठीमा छ. अनि उनको आदेश सुन्नेले यसलाई तुरुन्त आज्ञा सिरोपर गर्छ। यो उनको आफ्नै नाम हो अथवा फेसबुकमा मात्र चलाउने फेक नाम हो भन्ने थाहा पाउन प्रविधिको प्रयोग गर्दा सजिलै थाहा हुन्छ भन्ने कुरा सायद उनलाई थाहा छैन होला । थाहा त उनलाई वाक स्वतन्त्रता भनेको के हो ?  कुन कुरा निर्धक्क बोल्ने अनि कुन कुरा बोल्न डराउनु पर्छ भन्ने पनि थाहा छैन भन्ने देखिन्छ । थाहा भएकै कुरा हो कसैलाई गाली गर्नु पर्यो वा बेइज्जत गर्न्नु पर्यो भने त्यो कुरा सिधा फेसबूकको भित्तामा राख्नेहरुको कमि छैन । धेरै को निम्ति फेसबुक घृणा फैलाउने सब भन्दा उत्तम माध्यम भएको छ। यो कुरा फेसबुकको निर्माता मार्क जकरबर्गलाइ पनि राम्रो संग थाहा पनि छ। त्यसैले त फेसबुकको कार्यालय भित्र यस्तो घृणा, द्वेष सामुदायिक सद्भावलाइ खलबलाउने कुराहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा ठुलो चासोको बिषय हुनुको साथै चुनौती पनि भएको छ ।  यदि उनीहरुले नेपाली बुझ्थ्यो भने सायद यो प्रकाशित पनि हुदैन थियो होला यो तर किनकी यो नेपालीमा लेखिएको छ त्यसैले उनीहरुले नबुझ्नुनै यो प्रकाशित भएको कारण मध्ये एक हो भन्न सकिन्छ।

उमेश कामी रबि समर्थक हुन् र उनि रवि पुलिस हिरासतमा परेको वा उनको नाम उनको सहकर्मीको आत्महत्याको   मामलामा जोडिएको कारण नाखुश छन् भन्ने कुरा सजिलै बुझ्न सकिन्छ यसको लागि यदि तपाइले हप्ता दश दिन अघिको सामाजिक संजालको गर्मि र उतार चडाब हेर्नुभएको भए बुझ्नु हुन्थ्यो कामीले किन त्यस्तो घृणा मिश्रित आवाज निकाल्यो त भन्दा रबिले पत्रकारिताको नाममा आफ्नो कार्यक्रम मार्फत आक्रोस फैलाउने काम गर्छ  । कामीले किन आदेश दियो भन्दा उनि रबि समर्थक हुन कामीको लागि रबि को दुश्मन उनको दुश्मन रबि को साथी उनको पनि साथी   रविले प्रेस काउन्सिलको अधक्ष्य किशोर श्रेष्ठको बारेमा राम्रो धारणा राख्दैनन् भन्ने कुरा उनको सामाजिक संजाल हेर्दा थाहा हुन्छ त्यो सुचिमा पत्रकार खेम भण्डारीको नाम पनि हालसालै थपिएको छ । रविको टेलिभिजन कार्यक्रम, जनता संग सिधा कुरा हेरेर विश्लेषण गर्नेहरुको भनाइ अनुसार कार्यक्रममा उनि आफै पुलिस, आफै न्यायाधिस अनि आफै अदालत हुन् यस्तो लाग्छ कि कुराकानीको कार्यक्रम नभई एउटा सानो कथा होस् र उनि कुनै फिलिममा जस्तै व्यक्तिको किरदार निभाई रहेको होस्   यसमा शंका छैन कि उनि एकदमै चर्चित व्यक्ति हुन्  । नेपालमा सेलिब्रिटी पत्रकारको चलन छैन   त्यसो त रबि आफूलाई पत्रकार मान्दा पनि मान्दैनन  । उनको अनुसार, यदि पत्रकार सरह पास लिएर काम गर्नु पर्यो भने बरु रत्नपार्कमा बसेर जुत्तामा पालिश गर्छु 

२००७ सालमा नेपालीहरुले धेरै दुख गरेर १०४ साल लामो राणा शासन बाट छुटकारा पाएको थियो । नेपालको इतिहासमा त्यो समय कालो थियो । राणाकालमा यो जातको बाहेक अरु जातको मानिसहरुको उन्नति पदमा भएको राणाहरुको जुत्ता आफ्नो टाउकोमा राख्न दिए मात्र हुन्थ्यो । आफ्नै जातको पनि आफ्नो रगत भन्दा टाडाको नाता पर्यो भने खैरियत थिएन । जंग बहादुर थापा जसले राणा शासनको सुरुवात गरेका थिए बहादुर भन्दा पनि उनको बौलठ्ठीपनको कारण इतिहासमा चर्चित छ ।  उनका सत्र भाइहरु सबैले उनको म्र्त्यु पछि उनको पुरा नाम आफ्नो नाउको पछाडी जोडेका थिए । राणा शासकहरु सन्काहा थिए र कानुनको वास्ता गर्दैन थिए । कुनै नया नियम प्रचलनमा ल्याउन पर्यो भने उनीहरुलाई कानुनको मतलब हुदैनथ्यो बरु ठाडो ठाडै आदेश दिन्थे । भनिन्छ राणा प्रधानमन्त्री जुद्ध शमशेर जंग बहादुर राणाले १९९० सालको भुइचालो जादा धेरै ब्यापारीहरुले हाहाकारको बेलामा मनमानी मूल्य राखेर समान बेचेको कारण यस्तो उर्दी जारी गरेको थियो "यदि कसैले त्यसो गरेको थाहा पाएमा ४ जनालाइ साक्षी राखेर काटी दिनु, मेरो आदेश पर्खनु पर्दैन अनि कालान्तरमा सबैले त्यसैलाई नै जंगी कानुन भन्न थाले । जंगी कानुनमा कुनै तथ्य, तर्क र प्रमाण हुनु जरुरी थिएन । बौलाहाको कानुनमा तथ्य, तर्क र प्रमाणको मतलब  हुदा पनि हुदैन 

श्रावण १५ गते पत्रकार खेम भण्डारीले रविलाइ जंगी पारा देखाएको भनेर आफ्नो सामाजिक संजालमा आफ्नो राय राख्नु भएको थियो जो यसप्रकार छ.  “ मैले ट्वीष्ट गरेर अनुसन्धान प्रभावित भयो भन्ने तपाईलाई मेरो प्रश्न छ – बलात्कारपछि हत्यामा चाहिने कुनै प्रमाण बाँकी छ ? के मैले ट्वीस्ट गरेर ती प्रमाण मेटाएको हो प्रहरीले ? मैले मेट्न लगाएको हुँ ? प्रमाण नमेटिएको भए आज अपराधी घोषित गर्ने जंगेशैली देखिन्थ्यो ? दुःख त के भने तपाई अमेरिकाबाट फर्केको मान्छे, उ त्यो चोर हो भनेर राणाकालमा गरिने न्यायको पक्षपाति देखिनु भयो । हामी यो बिकट गाउँमा बसेका मान्छे संगतिपूर्ण न्यायको लडाई लड्ने, तपाई विश्वको उन्नत लोकतन्त्रबाट फर्केको मान्छे जंगेशैलीको वकालत गर्ने । यही हो तपाई र हामी माटोसँग सम्बन्ध भएका पत्रकारबीचको फरक ।”

सायद अचम्म मान्नु पर्दैन होला किन भने आज रबि समर्थक व्यक्ति, उमेश कामीले नै त्यस्तो व्यवहार गरे जसको खुलासा पत्रकार भण्डारीले पहिले नै गर्नु भएको थियो । जस्तो गुरु उस्तै चेला भन्ने त उखानै छ नि । यो जंगी कानुनलाई प्रचलनमा ल्याउन खोज्ने व्यक्ति टेलिभिजनको कार्यक्रम चलाई राखेमा यसले अरु कति उमेश कामी जन्माउने हो र समाज कस्तो बौलाहा र सन्काहाको हातमा जाने हो ? यस्तो मामलामा सम्बन्धित निकायले उपुक्त कदम तल्काल चाल्नु पर्ने देखिन्छ ।

Sunday, September 1, 2019

अपराधिक मानसिकता

असार १५ मा भक्तपुरमा एक युवतीले आफ्नो आमालाइ केहि मानिसहरु लगाएर मारेको समाचार आफ्नो मोबाइलमा हेरेर सोनाम दिदिले आफ्नो शंका ब्यक्त गरिन, “ होला र होइन होला. आफ्नो जन्म दिने आमालाइ पनि कसैले मार्छ र ?” संगै बसेर समाचार हेरिरहेको अर्को दिदिले पनि थपिन, “अरुले फसाएको रे !” समाचार हेरेर त्यसको बारेमा कुनै सोच बनाउन पनि नसक्नेले के समाचार सुन्नु, के हेर्नु ? अथवा त्यसरी पनि के समाचार भन्नु जो हेरेर, पढेर वा सुनेर मानिसहरुले आफ्नो मत् बनाउन सक्दैन ? कति मानिसहरु समाचार नबुझ्ने भन्दा पनि कुनै पनि कुरामा आफ्नो किसिमको दिमाग चलाउने अनि अपराधको अनुसन्धानमा काम गरिरहेका अधिकारीहरु माथि विश्वास नगर्ने खालका हुन्छन. तपाइले अपराध संग सम्बन्धित कार्यक्रमहरु अरुहरु संग बसेर कहिले हेर्नु भएको छ ? सबै जना आ - आफ्नो दिमाग चलाउन थालिहाल्छन. मेरो ध्यान भने कार्यक्रमको निचोड बुझु हो नत्र त्यही बारे किताब लेखे भैहाल्यो नि किन कार्यक्रम हेरेर आफ्नो दिमाग पहिला नै अन्तै दौडाउने ?

अपराध संग सम्बन्धित् धेरै कार्यक्रमहरु हेरेको छु. छिमेकी देश भारतमा एउटा आमाले आफ्नो छोरालाइ मार्न मात्र दश हजार रुपैया खर्च गरेकी थिईन. त्यो भारतमा चल्तीको रेट अनुसार एकदमै सस्तो हो. यो काम उनको छिमेकीले उनको लागि गरिदिएकी थिईन. किन आमाले आफ्नो छोरालाइ मार्न लगाउनु पर्यो त ? कारण उ अति जड्याहा थियो. यो एउटा रोग हो तर धेरैले यसलाई कहिले निको नहुने खराबीको रूपमा लिने गर्छ मानौ कि यसको कुनै उपचार नै छैन. अर्को एउटा मानिसले आफ्नो बिस्वाशिलो काम गर्ने मानिस लगाएर आफ्नो दुर्व्यसनी छोरालाइ मार्न लगाएका थिए. सम्बन्ध बिच्छेद पछि बिबाह नगरेका ब्यक्तिको धनि बाबुले उनको छोराको अबस्थालाई आफ्नो इज्जतमा दागको रुपमा लिए मानौ कि छोराको मृत्युले उनको इज्जत सातौ आकाश माथि पुर्याउछ. केहि बर्ष अघि मात्रै भारतमा अर्को एक आमाले आफ्नो छोरीको हत्या आफ्नो दाजुभाइहरु संग मिलेर गरेकी थिईन. कारण ? उनकी छोरी धेरै केटाहरु संग उठ्ने बस्ने गर्थीन. हुर्केको छोरी त्यसमा पनि सम्बन्ध बिच्छेद पछि बिबाह नगरेको तर कार्यालयमा संगै काम गर्ने संग बिबाह को कुरा चलि रहेको अवस्था. आमाले यी कुरालाई आफ्नो इज्जतमा धक्काको रुपमा हेरिन र आफ्नो छोरीको मृत्यु पछि ठुलो इज्जतको कल्पना गरिन. तर जस्तो नाटक गरेर बच्न खोजे पनि उनि जेल परिन. बिचरा उनि संगै यौटै ओछ्यानमा सुत्ने उनको पतिलाइ आफ्नै स्वास्नीको आफ्नो छोरी मार्ने कुरा बारे भनक पनि थिएन.

अमेरिकामा कुनै पनि महिलाको असामयिक मृत्यु भएको खण्डमा पुलिसले सर्बप्रथम त्यो ब्यक्तिलाइ शंकाको घेरामा राखेर अनुसन्धान शुरु गर्छ जो उनको पति अथवा केटा साथी होस्  वा पूर्व पति अथवा पूर्व केटा साथी. त्यसैले त्यस्तो काम गर्ने अधिकारीहरुले जतिसुकै शोकाकुल भए पनि वा शोकाकुल हुनुको नाटक गरे पनि उनीहरु बाट नै सोधपुछको सुरुवात गर्छन. आकड़ाले के देखाउछ भने यस्तो घटनामा ७५ - ८०% अपराध परिवार भित्रकै व्यक्तिले गरेको हुन्छ.

यस्तो होइन कि सबै केसहरु पुलिसले नै पत्ता लगाऊछन्. अहिले जमाना त्यस्तो रहेन अब त अपराध शाखाले अपराधको तरिकाको राम्रो संग अनुसन्धान गरेर मात्र कुनै अपराध कसले र कसरी गर्यो भन्ने निर्क्योल निकाल्ने गर्छन. अनि कत्ति बेलामा मृतकको छोरा / छोरीले पनि आफ्नो आमा बुवाको हत्यारा समात्ने काममा पुलिसहरुलाइ सघाउने गर्छन. अमेरिकामा एकचोटी एउटा मानिस गाएब भएको कुरा पुलिस विभागले दस पन्ध्र बर्ष सम्म पनि पत्ता लगाउन सकेन. पुलिस विभागमा सानो बच्चा उनको बाबु संग भएको तस्बिर थियो. त्यति बेला सम्ममा सानो छोरा ठुलो भैसकेको थियो. एकदिन उ पुलिस बिभागमा जादा त्यहाको अधिकारीहरु संग कुरा गरे पछि आफ्नो बुवालाई हत्या गरेको अभियोगमा आफ्नो आमा संग आफ्नो लुगा भित्र तार लुकाई कुरा गर्न तयार भए. केहि अधिकारीहरुलाई सुरुमा यो कुरा विश्वास गर्न गार्हो भयो तर पुरानो केस सुल्टाउनु पर्न्ने बाध्यता पनि थियो त्यसैले यसमा राजी भए. यसरी एउटा छोराले आफ्नो लामो समय सम्म हराएको बुवा धेरै पहिले नै आफ्नो आमाले हत्या गरिसकेको कुरा खुलासा गर्ने काममा पुलिसलाई सहयोग गरे.

तपाइले समाजशास्त्रको अध्ययन गर्नु भयो भने थाहा पाउनु हुनेछ कि घर त्यो ठाउँ हो जहाँ सबै भन्दा बढी दुर्घटनाहरु घट्ने गर्छ. अँ यदि तपाई अपराधिक मानसिकता संग अपरिचित हुनुहुन्छ भने अनुसन्धानलाइ भन्दा बढी आफ्नो दिमाग चलाएर यो होइन वा त्यो मिलेन भनेर भन्न सक्नु हुन्छ. त्यसो त अमेरिकामा भएको एउटा केसमा सरकारले १५ बर्ष पछि पुरै क्षतिपुर्ति समेत सफाया दिई सक्दा पनि एउटी युवतीले आफ्नो लोग्नेलाई नै आफु माथि भएको सांघातिक हमलाको दोषी मानिरहेकी थिईन. अझै पनि राजा बिरेन्द्रको राजपरिवार सखाप पार्ने अरु कोहि नभई उनैको छोरा दिपेन्द्र हुन् भनेर आखाँले देखने उनीहरुको नातेदारहरुलाइ विश्वास नगर्नेहरु हाम्रो वरिपरी नै छन्. जे भन म मान्दै मान्दिन भन्नेहरुको यहाँ कमि छैन.

Sunday, August 25, 2019

बाघ बाघ संग भेडा भेडा संग

अहिले सामाजिक संजाल सालिक राम पुडासैनीको आत्महत्याले निक्कै गर्मिएको छ र यसले सिंग्गो समाजलाई दुइ भागमा विभाजित गरिदिएको छ । एकथरी कानूनको पक्षमा, अर्काथरी रविको पक्षमा। पत्रकार पुडासैनीले आफुले आत्महत्या गर्नु अघि किन यहि बाटो रोज्नु पर्यो भनेर खोलेको कारण निउज २४ मा सिधा कुरा जनता संगको कार्यक्रम प्रस्तोता रबि लामिछाने र युबराज कडेल  हरुले दिने अति मानसिक तनाब र निजि जिन्दगीमा समेत अनाबश्यक हस्तछेप भनि खोलेका छन् । प्रमाण यति अकाट्य हुदा हुदै पनि एउटा ठुलो समूह रबि लामिछानेको पक्षमा सडकमा नै उत्रिएका छन् भने अर्को एकदमै नगन्य भाग चाही प्रमाणले के बोल्छ त्यहि हुनुपर्छ भन्ने कुराको पक्षमा निर्भिक भएर उभिएका छन् । तर यस्तो लाग्छ कि रविको पक्षमा चितवनमा उर्लिएको भिडलाई तथ्य, तर्क र कानुनसँग कुनै सरोकार छैन । यो ठुलो भिडले आबेगमा आएर प्रमाण र सत्यलाई सर्लक्क निल्न खोजिरहेको छ ।


यो विभाजित समाजलाई बुझ्न र बुझाउन र एकै ठाउमा ल्याउन अहिले बुद्धिजिबीवर्ग, पत्रकार अनि लेखकहरुले आ-आफ्नो ठाउँ बाट कलम चलाउन पर्ने देखिन्छ । यस्तो बेलामा मौन रहनुको कुनै तुक छैन । पत्रकार मनोज खतिवडाले अस्ति आइतबार नेपाल खबर डट कममा रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो ? भन्ने शिर्षकमा लेख्छन, “केही समयअघि आत्महत्या गर्ने शालिकराम पुडासैनी रवि भाषामा ‘छातीमा लात्ती खाइ खाइ पनि प्रश्न सोध्न नडराउने’ कर्मठ पत्रकार हुन्। पत्रकार पुडासैनीले रविको कार्यक्रमका लागि घुस दिनेलाई रंगेहात समातेका, वीर अस्पताल र कालिमाटीमा प्रहरीको कुटाइ खाएर रिपोर्टिङ गरेका भिडियो फुटेज अहिले पनि युट्युबमा भेटिन्छन् । सिधा कुरा जनतासँग कार्यक्रमको सफलता शालिकरामहरुको त्यो संघर्षको संयुक्त परिणाम हो।”


“शालिकराम पुडासैनीको हत्या वा आत्महत्या प्रकरणको तहकिकात हुँदैछ । त्यसलाई एउटा निचोडमा पुर्‍याउँन दिनु उचित हुन्छ । अहिलेको अवस्थामा कुनै पुलिस अफिसर वा किशोर श्रेष्ठ जस्ता मुद्दासँग प्रत्यक्ष सम्पर्क नभएका मानिसहरूमाथि हिलो छ्याप्नु ठिक हो जस्तो लाग्दैन । सार्वजनिक भएको भिडियोमा कैफियत छ भने त्यतातिर फोकस गर्नु पर्‍यो । पुलिस एक्लैले मुद्दा दायर गर्ने होइन, सरकारी वकिलले पनि हेर्छ प्रतिवादी विरुद्ध प्रमाण पुगेको छ कि छैन भनेर । जवर्जस्ती मुद्दा बनाउन खोजेको छ भने अदालतले मुद्दा दर्ता गर्न अस्वीकार गर्न सक्छ भन्ने कुरा पनि विचारणीय छ । अहिले अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले जुन हर्कत रवि समर्थकहरूबाट भएको छ त्यसलाई उचित मान्न सकिँदैन । कुनै प्रकारको उत्तरदायित्व नभएका माध्यम र व्यक्तिहरूले लेखेका भरमा कसैको ज्यान गएको सम्वेदनशील मामिलाको तहकिकातको दिशा बदलिन सक्दैन । रवि निर्दोष छन् भने डराउनु पर्ने कुनै कुरो छैन । कुनै बेलाका रविका विश्वास प्राप्त सहायकले प्रष्ट शब्दमा उनीमाथि गम्भीर आरोप लगाउँदै आत्महत्या गरेको कुरो आएको छ । त्यो होइन भने पनि अनुसन्धानबाट यकीन हुनु पर्‍यो ।” वरिष्ठ पत्रकार, हरि अधिकारीको फेसबुक बाट साभार.


विर्तामोड, झापाको जुलुस हेरेपछि स्वतन्त्र पत्रकार नारायण अधिकारीले आइतबार आफ्नो मनमा लागेको कुरा फेसबुकमा यसरी ब्यक्त गरे :  "मन परेका नारा ।
रवि लामिछानेलाई — रिहा गर
शालिकरामलाई — न्याय दे
हत्यारालाई — कारवाही गर ।

यसको अर्थ के हो भने रवि, शालिकराम र हत्या अलग अलग विषय हुन् । यसलाई कसैले गाँसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ र जो साँचो अर्थमा हत्यारा हो ।


भिडलाइ भाड्ने एउटा पत्रकार हुनुहुन्छ, चाहे त्यो निर्मलाको केसमा होस् वा सालिकरामको केस अचम्म लाग्छ उनको कुरा बुज्ने र पत्याउनेहरुसंग । तर बाघ बाघ संग भेडा भेडा संग भन्ने त उखानै छ नि । वहा को नाम खेम भण्डारी हो, खेमजी मानसखण्डको सम्पादक पनि हो   भदौ १ को फेसबुक पोस्ट हेर्दा लाग्दैन कि वहालाई सत्य पत्ता लगाउने काम अपराध अनुसन्धान बिभागको हो पुलिस प्रशासनको होइन भनेर । यदि यसबारे राम्रो संग थाहा भएको भए सायद वहाले यस्तो पोस्ट गर्नु हुन्नथियो होला, "सालिकरामको आत्महत्या नभई हत्या भएको ठहरिए नेपाल प्रहरीलाई भंग गरिदिए हुन्छ । कहिल्यै नचेताउने, जहिल्यै गडबडी मात्रै गर्ने प्रहरीको के काम ? मुचुल्का भिडियो बारे तत्काल बोल्नुस आईजी साप नत्र अनिष्ट निम्तिने छ ।"


संचारबिज्ञ भानुभक्त आचार्यले पनि आइतबार यसबारे आफ्नो विचार सामाजिक संजालमा यसरी ब्यक्त गरे,  “अहिले रवि लामिछानेका समर्थकलाई “धैर्य राखौं । कानुनको निर्णय कुरौं । न्याय पाइन्छ” भन्ने कतिपय हिजो आफ्नो पक्षको नेता कार्यकर्ता पक्राउपर्दा प्रहरी प्रशासन र न्यायालय नै खर्लप्पै निलुँला जस्तो गरेर नेपाल बन्द गरी छुटाउनेहरु छन् । हिजोका पुस्ताले जे गरे, अहिलेकाले त्यसैको सिको गर्ने हो । मुहान सङ्लो पारौं, खहरे सङ्लिन कत्तिबेर लाग्दैन । कागती रोपेर सुन्तलाको आशा नगरौं ।”


त्यसो पनि होइन कि कोहि बोलेकै छैनन् । माथिका केहि उदाहरणले देखाउछ कि धेरैले आ-आफ्नो विचार पनि पोखिरहेका छन् । माथि देखाइएको उदाहरणहरुमा भिडको हल्लालाई धेरै हद सम्म साम्य पार्ने तागत र शक्ति छ; तर रबि समर्थक भिडले सहि कुरा सुन्न सक्ने बिबेक र साहास भने देखाई रहेका छैनन् 


यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ भदौ ४ गते प्रकाशित भएको थियो.

Sunday, August 18, 2019

बिश्वास, अबिश्वास र अन्धबिश्वास



नेपालमा आजको समयमा पनि धेरै ठाउँहरुमा महिलाहरु 'यो बोक्सी हो' भन्ने लान्छना बाट मुक्ति पाउन नसकेको कुरा हामी विभिन्न संचार माध्यमहरुमा बेला बेलामा पढ्ने गर्छौ. कति महिलाहरु त्यस्तो लान्छनाबाट लामो समय सम्म मानसिक रुपमा पिडित हुने गर्छन भने कतिलाई त हामी जुत्ताको माला लगाई गाँउ डुलाएको खबर फोटो सहित सामाजिक संजालहरुमा देखने गर्छौ. केहि बर्ष अघि मात्र बिबिसीको टेलिभिजन कार्यक्रम साझा सवालमा तराइ तिर बस्ने केहि महिलाहरु 'यो बोक्सी हो' भन्ने लान्छना बाट कति हद सम्म पिडित भएका छन् भन्ने कुरा हेर्न र बुझ्न पाएका थियौ. हामी जंग बहादुरको जमानामा छैनौ जुनबेलामा बोक्सीको आरोपमा समाजले मात्रै होइन कानुनले पनि बिश्वास गर्थ्यो. अरोपितले त्यसै अनुसारको सजाय भोग्नु पर्थ्यो.


अझै पनि बत्ति निभेको बेला केटीहरु / महिलाहरु जम्मा भएर रातिको खाना पछि गर्ने कुरा प्राय भुतप्रेत वा बोक्सीको कथाहरुनै हुन्छ. केहि बर्ष अघि जब सधै राती बत्ति जाने गर्थ्यो केटीहरु समुहमा बसेर भुत, बोक्सी र चुडैलको कथाहरु सुन्ने र सुनाउने गर्थे. आज सोनुले आफ्नो स्कूल जीवनमा घटेको घटना सुनाउदै भनिन. उनको घर नजिकै एउटी बुढी आम्मै बस्थिन जो उनीहरुको घरमा मासु पाक्दा, सधै कुनै न कुनै बहानामा छिर्ने गर्थ्यीं. एकदिन सोनुको ठुलो बुवाले जब उनी मासु खाएर बाहिर निस्के त्यसपछि चुलो नजिककै भएको रातो चिम्टाले नजिककै सुतिरहेको बिरालोको ढाडमा डामिदियो.  त्यसपछि त्यो बुढी आमा धेरै महिना सम्म निक्कै थला परिन र कहिँ हिड्न डुल्न पनि सकिनन्. हाम्रो घरमा पनि आउन छोडिन, सोनुले त्यो घटना सम्झदै सुनाए. उनी बिराटनगर बाट काठमाडौँ आएर, यही पढी रहेका छन् र उनी मास्टर्समा पढ्दै गरेको बिद्यार्थी हुन्.


मलाई केहि सोध्न र भन्न मन लागेको मन थियो तर सोनुले जसरी कुरा गरिन यसबाट विचार गर्न सकिन्थ्यो कि उनलाई त्यो घटनामा कति बिश्वास छ भनेर. तर मलाई भने बिरालोको ढाडमा डामे पछि बुढी आमै बिरामी भएको कुरामा अलिकत्ति पनि बिश्वास लागेन. चाहे त्यो मैले आफ्नै आँखाले देखेको, मेरै घरमा भएको भन्ने मान्छे सोनु जत्तिकै नजिक बसेर किन कुरा नगरोस. मैले नदेखे सम्म म बिश्वास गर्दै गर्दिन भनेर हठ गरेको होइन. म सानो हुदा यसरी भुत संग तर्सिने बोक्सीको कुरामा बिश्वास गर्ने अनि चुडैल को कथामा रमाउने केटीहरु संग धेरै संगत गरेको छु. कसैलाई भुत संग तर्सिनको लागि अध्यारो नै काफी हुन्छ भने कोहि चाही अध्यारोमा भुत संग जम्काभेट नभए सम्म भुत छ भन्ने कुरामा बिश्वास गर्दैनन्. तपाई मलाई दोस्रो बर्गमा राख्न सक्नु हुन्छ. बिरालोको ढाडमा डामे पछि बुढी आमै बिरामी भएको कुरा त केराको बोटमा आँप फलेको अनि हाम्ले टिपेर खाएको भन्ने कपोलकल्पित कहानी जत्तिकै सत्य छ. तरै पनि मलाइ आफ्नो विचार सोनु को विचार संग बझाउन ठिक लागेन त्यसैले उनको कुरा चित्त नबुझे पनि म चुप  लागेर बसे. तर्क गरेर आफ्नो कुरा माथि पार्नेमा पनि म बिश्वास नगर्नेमा परे. यो कुनै कुरामा बिश्वास वा अबिश्वासको कुरा हो. भुत काल्पनिक सत्य हो. भूतको कथामा रमाउनु कल्पनाको दुनियामा हराउनु हो. कसैलाई त्यस्तो सपनाको संसारमा रमाउन मन पर्छ होला तर म चाही सत्यको धरातल नै रुचाउछु.

कुराको क्रममा सोनुले के पनि सुनाइन भने उनको मामाहरु यहाँ [काठमाडौँ ] बिदेशी संघ सस्थामा बैज्ञानिक तहको अनुसन्धानात्मक काम गर्छन अनि आमा भने बिरामीको लागि धामी झाँक्रीको मा जान्छन. के गर्नु डाक्टरको औषधि ले छुदै छोएन. फेरी थप्दै भनिन यदी मामाहरुले आमा झाँक्रीकोमा उपचारको लागि गएको कुरा थाहा पाए भने गाली गर्नु हुन्छ.  सोनुको आमा र मामा को सोचको बिन्नाताले उनको हजुबुवाहरुले छोरा र छोरी लाइ पढाउने बेला गरेको विभेद मात्रै उजागर गर्दैन कि कसरी कलेज जानु र नजानुले मानिसको सोचमाअन्तर ल्याउछ भन्ने कुरा पनि प्रस्ट पार्छ. याद राख्नुस सोनु त आफै मास्टर्सको बिद्यार्थी हो तर पनि किन उसको सोच आमा पट्टि गयो त ?


अफ्रिकी समाजमा भुडू को प्रयोग व्यापक हुन्छ. यो केहि हद सम्म इंडियामा प्रयोग गरिने कालो जादु जस्तै हो. यसको प्रयोग मानिसहरुलाई मनोबैज्ञानिक रुपमा सताउनको लागि गरिन्छ. फरक के हो भने भुडूमा कुनै मानिसलाई खराब गर्ने पर्यो भने त्यो काम त्यही मानिसको सानो पुतला बनाएर अनि त्यो सानो पुतलालाइ रोप्दा, घोच्दा, थाचार्दा, जलौदा ति सबको असर पुतालालाइ नभई त्यो कसको पुतला हो त्यस ब्यक्तिलाइ असर गर्छ भन्ने कुरामा अफ्रिकीहरु बिश्वास गर्छन. तर इंडियामा कसैलाई बलि चढाउन पर्यो भने उनीहरु सिधै नै जुन मानिसको, वा बच्चाको कुरा गरेको हो त्यसैलाई नै सिधै बलि चढाई दिन्छन. तर यो त एउटा मात्र त्यस्तो घटना हो. भारत मा प्रयोग गर्ने कालो जादुको बारेमा कुरा गर्न एउटा किताबले मात्र पुग्दैन होला.


अमेरिकामा केहि कलेज पढेका युवाहरु सडकमा जादु देखाउने काम गर्छन. उनीहरु आफ्नो जादुमा बिज्ञानको मिश्रण गर्ने काममा माहिर छन्. दर्शकहरु तिनीहरुको जादु हेरेपछि छक्कै पर्छन. त्यस्ता केहि युवाहरु आफ्नो जादुमा भुडूमा प्रयोग गरिने बिधिलाइ अपनाउछन्. त्यसरी कालो जादुमा अपनाउने बिधिमा बिज्ञान र जादुको मिश्रण गरेर दर्शकहरुलाई चकित बनाएका थिए. तर यदी तपाइले विज्ञानको केहि आधारभूत कुराहरु बुझ्नु भयो भने यो बुझ्न सकिन्छ कि बिज्ञानमा थोर्रै मात्र ज्ञान मिसाउनु भयो भने धेरैको लागि त्यो जादुमा परिणत हुन्छ तर के अफ्रिकीहरुले मानसिक र शारिरिक हानिको लागि प्रयोग गर्ने गरेको भुडू बिधिको प्रचलनमा पनि थोरै मनोविज्ञान को गलत प्रयोजन भएको छैन र ? मानसिक रुपमा दरिलो मानिसहरुलाइ त त्यसले फरक नपार्ला तर कमजोर   मानसिकता भएको मानिसहरुलाई भने यसले नकारात्मक हिसाबले प्रभाब पार्ने कुरा मा दुइ राय छैन.


तपाईले अमेरिकीहरुले बनाएको टेलिभिजन कार्यक्रम घोस्ट हन्टर [ भुतको खोजीमा ] हेर्नु भएको हुनुपर्छ. बाह्र बर्ष भन्दा बढी चलेको यो कार्यक्रम कुनै समयमा अति लोकप्रिय कार्यक्रम थियो. यो कार्यक्रमको संचालकहरु हावामा भूतको कुरामा बिश्वास गर्ने होइन कि, बरु हो कि होइन भनेर प्रमाणित भए पछि मात्र यही हो भनेर किटानको साथ भन्ने गर्थे. यो संस्थाले गर्ने प्रयोग गर्ने औजारहरु र प्रमाणीकरण मा त्यहाको सैनिक संस्थाको समेत ठुलो बिश्वास थियो. त्यसैले एकचोटी उनीहरुले आफ्नो तर्साउने ब्यारेकको बारेमा बुझ्नको लागि भूतको खोजीमा लागेका टेलिभिजनको त्यही टीमलाई निम्त्याएका थिए. त्यो तर्साउने ब्यारेक बनेको ठाँउमा दोस्रो विश्व युद्ध ताका केहि मानिसहरु मारिएको थियो. उनीहरुले आफ्नो जांच राति एघार बजे पछि शुरु गरे र अध्यारो मा त्यहा के के हुदो रहेछ भनेर हेरे. त्यसबेला उनीहरुले आफ्नो अनुसन्धानात्मक कार्य रात को दुइ बजे सम्म गरेका थिए. त्यस टिममा भाग लिने एकजना अध्यारोमा भएको हर्कत बाट तर्सिएको आवाज आएपनि त्यहाँ केहि पनि देख्ने नसकिने गरि अध्यारो थियो. त्यो लामो अन्धकार करिडोर भएको ठुलो घर, जुन जमिन मुनि थियो भित्र निक्कै नै डर लाग्दो किसिमको बातावरण थियो. त्यो हेर्दा त्यहाँ भएको एउटा ठुलो शक्ति जसलाई देख्न त सकिदैन थियो तर महसुस भने सजिलै गर्न सकिन्थ्यो. त्यसैले एकजना अनुसन्धान गरि रहेको मानिसले अध्यारोमा एउटा प्रश्न गर्यो, यदी तिमि हामी यहाँ आएको रुचौदैनौ र तिमीहरु यहाबाट जाउ भन्छौ भने यो टेबलमा भएको टर्च लाइटलाइ तीन चोटी बाल्नु र निभाउनु. हामी तिम्रो कुरा बुझ्छौ. त्यहाँ एकछिन सम्म सन्नाटा छायो अनि त्यसपछि नजिककै राखेको टर्च लाइट अध्यारोमा तीन छोटी सम्म बल्ने र निभ्ने गर्यो. त्यसपछि उनीहरुले आफ्नो काम रोके र त्यो ब्यारेक बाट बाहिरिए. केहिदिन पछि उनीहरुले त्यहाँ भुत भएको रिपोर्ट सैनिक अधिकारीहरुलाई जानकारी गराए.

भूतको कथा र कहानीहरु हेर्न, सुन्न र पढ्न मलाई पनि मन पर्छ तर डर अनि यो माथिको बिश्वास भने यसको कारण होइन. बरु त्यो सबै कुरा भित्र लुकेको मानिसहरुको जटिल मनोविज्ञान बुझु हो. कसरी आफ्नो काम र स्वार्थको लागि मानिसहरुले भूतको कथाहरुलाइ जीवित राख्छन भन्ने बुझु बढी जरुरी हो र त्यो एकदमै रोचक हुने गर्छ. मैले इंडियामा हुने धेरै नै अपराधको घटनाहरुमा भूतलाई दोष दिएको तर अन्तमा त्यो सबको पछाडी कसरी मानब स्वार्थ लुकेको हुन्छ भन्ने देखेको छु. ठिक छ, कहिले काही हामी साच्चैनै भुतकै कथाहरु सुन्ने वा पढ्ने गर्छौ जसले हामीलाई एउटा अर्कै रमाइलो दुनियामा लैजान्छ. तर त्यस्तो भने एकदमै नगन्य हुन्छ. मलाइ आज सम्म पनि स्कूलमा हुँदा भूतलाई समात्दा भन्ने कथा पढेको याद आउछ. त्यो कथा पढेको दिन देखिनै अन्धविश्वासको पछाडी अज्ञानता भन्दा बढी स्वार्थ लुकेको हुन्छ भन्ने बुझे. हाम्रो समाजमा भूत र बोक्सीको कहानी जीवित रही रहनुको पछाडी हावाको कुरामा हो मा हो मिलाउने जमातको दोष मात्र होइन कि कुनै पनि कुराको राम्रो बिस्लेषण गर्न सक्ने दिमाग भएको मानिस जस्तै, शर्लक होल्म्स जस्ता जासुसको कथा अनि त्यस्तै किसिमको पात्रहरु कम लोकप्रिय हुनु पनि हो.


पुनस्च :  यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ श्रावण २९ गते प्रकाशित भएको थियो. अनि त्यो को रेग्मी हो जसको जात मेरो नाममा पुच्छर लागेर आयो, उसलाई खोजु कि नखोजु भनेर दोधारमा छु; किनकी, मलाई आफ्नो नाममा आफ्नै जात ठिक लाग्छ.