Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

Sunday, June 30, 2019

मानव अधिकारवादीहरुको आवाजहरु




अहिले सामजिक संजालमा सांसद रेशम चौधरी खुट्टामा मोटो सिक्री बाधेको अबस्थामा अस्पतालको ओछ्यानमा सुतिरहेको फोटो भाइरल भैरहेको छ । धेरै जनाले यो अमानबीय कार्य हो र बिरामी अबस्थामा कैदीहरु माथि अरु बेला भन्दा सहानुभूति देखाउनु पर्ने बिचारहरु पोखी रहेका छन्. कतिले चाही सुरक्षा अधिकारीहरु धेरै क्रुर भयो उनीहरुले त्यस्तो बेलामा कैदीहरु प्रति अलि नरम स्वभाब राख्नु पंर्ने कुरा गरिरहेका छन् । केहीले भने यस्तो अमानबीय कार्यको लागि सुरक्षा निकायले माफी माग्नु पर्ने कुरा पनि सामाजिक संजालमा लेखिरहेका छन् । यसको बिरोध गर्दै  डा. राजेश अहिराजले आफ्नो भित्तामा लेख्नुभयो, “यस्तो काॠ गर्ने प्रहरि लाई कार्यवाही होस। मा .रेशम चौधरी सङ गरिएको अमानवीय व्यबहार प्रती सुरक्षा निकाय माफी माग्नु पर्छ।”



त्यसै गरि हिक्मत थापाले आफ्नो विचार यसरी राखे, “आरोपित र अदालतको सजाय भोगिरहे पनि , स्वास्थ उपचारका लागि अस्पतालमा ल्याइएका निर्वाचित सांसदलाई अस्पतालको बेडमा यसरी राखिनु आफैमा अमानवीय हो । सुरक्षाका बैकल्पिक उपाय पनि हुनसक्छन । सरकारको यो हर्कत निन्दनीय छ र मानव अधिकारको बिरोधि पनि । यस व्यबहारलाई तत्काल सुधारियोस ।”



दिनेश मांडूको विचार भने बरु अलिकति फरक थियो त्यसैले उनले लेखे, “अनि यो फोटो देखेर धेरै मानव अधिकारवादीहरुको भुत जागेछ, बढो अचम्म लाग्यो । कानुनत सजाय भोग गरिरहेको कैदिलाई अस्पताल लाँदा पनि यस्तै त गरिन्छ हैन र???? अन्य कैदिलाई एसै गरि अस्पतालको सैयामा सुताईदा तिमिहरु चाँहि कुन दुलो भित्र थियौ ?? कि अहिले रेशम चौधरी भएकोले मात्र माया जागेको हो ?”



लिस्त्नेर्स क्लब अफ नेपालको स्थापनाकर्ता तथा प्रेसिडेन्ट छबि रमण अधिकारीको विचार सुरक्षाको त्यस कदमको समर्थनमा थियो. “अस्पतालमा उपचार गर्ने क्रममा सांङ्गलोले बाँध्नु ठिक नहोला,तर कर्म अनुसारको फल पनि त हो यो। राजनितीका नाममा नरसंहार गर्नेले सजाय पाउनैपर्छ। कैंयौं नरसंहारकले उन्मुक्ती पाएकै कारण यस्ता मान्छेको मनोवल बढेको थियो,धार्मिक ग्रन्थले वताएको मरेपछि पाउने सजाय जिउँदैमा पाईन्छ भनेर भन्नुस्।”



सामाजिक संजाल ठुलो जनसमुहको मिस्रित आवाज हो भन्ने कुरा यसले प्रस्ट देखाउछ एकातिर बिरोधका  स्वरहरु त अर्को तर्फ सोहि कदमको समर्थनमा आवाजहरु एकै ठाउमा देख्न पाइने कहिले कहिँ यस्तो लाग्छ कि मानब अधिकारकर्मीहरुमा संबेदनशील त हुन्छन  तर कुन बेलामा मानब अधिकारको कुरा गर्ने र कहाँ त्यसको सहि प्रयोग गर्ने भन्ने कुरा छुट्टयाउन सक्दैनन । के सहि र के गलत भनेर छुट्टयाउने क्षमता नभएको मानिसहरुले सुन्दा राम्रो लाग्ने तर ब्यबहारमा भने उतार्न नसकिने कुरा गर्नु पनि बुझी नसक्नुको । मानबिय ब्यबहारको कुरा अमानबिय कार्य गर्ने मानिसहरुको निम्ति गर्दा कत्ति पनि नसुहाउने रैछ । रेशम चौधरी जसले एउटा मानिसको हत्या राजनीतिको आडमा गर्यो, बिरामी हुदा राज्यले अस्पतालमा पुर्याएर उपचार गरिदिएको भन्दा उ त्यही निउमा अस्पताल बाट भाग्ला भनेर अपनाएको विधिलाई अमानबिय ब्यबहार भन्ने  हरुलाई कसरि सम्झाउने कुन्नि ।



यस्तो कामको लागि यहाँ मात्र होइन संसार भरिकै सुरक्षा निकायहरुले यस्तो कडा आलोचनाको सामना गर्नु पर्ने हुन्छ. अमेरिकामा पनि केहि सुधारबादीहरुले आरोपित तथा कैदीहरु प्रति नरम र राम्रो व्यवहार गर्नु पर्छ भनेर धेरै दवाब दिने गर्छन. तर जब कैदीहरु केहि समयको लागि मात्र जेलबाट बाहिरिन्छन तब तिनीहरु केहि न केहि अपराध कार्यमा संलग्न भएको घटना सायद यी मानब अधिकारबादीहरु तथा सुधारबादीहरुले थाहा पाउदैनन कि अथवा समाजमा शान्ति सुरक्षा कायम राखने सन्धर्भमा उनीहरु सुरक्षा निकायहरु जस्तो जनता सामु जवाफदेहि हुनु पर्दैन



केहि बर्ष अघि जब दिल्लीमा चार जनाले बलात्कार गर्दा एकजना युवतीको मृत्यु भएको थियो आक्रोशित जनसमूहको ठुलो जमातले बलात्कारीहरुको लागि मृत्युदण्डको माग राखेका थिए . केहि महिना पछि उनीहरु मध्ये दुइ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो. एक नाबालिग भएकोले सजाय मुक्त भएका थिए भने अर्कोले चाही जेलमा नै आत्महत्या गरेका थिए ती बलात्कारीहरुले युवतीको बलात्कार मात्र गरेका थिएनन बरु उनको निर्मम हत्याको पनि कोसिस गरेका थिए र सडकमा मर्नको लागि छोडी दिएको थियो युवतीको मृत्यु अस्पतालमा उपचारको क्रममा भएको थियो. जब अदालतले मृत्युदण्डको फैसला सुनायो तब केहि मानब अधिकारबादीहरुले त्यो फैसलाको बिरोध गरे



म आफै पनि बलात्कारीलाई मृत्युदण्ड हुनु पर्छ भन्ने पक्षमा छैन तर रक्सीको सुर र हुलमा मातेर बलात्कार गर्ने अनि मर्नको लागि सडकमा छोड्ने मानिसहरुको निम्ति उठाएको आवाजले मानब अधिकारबादीहरुको बिबेक देखेर सोच्न बाध्य गरायो. यस्तो लाग्दथियो कि उनीहरुले मानब अधिकारको निम्ति भन्दा पनि सस्तो र सजिलो प्रचारको बाटो रोजेको थियो थाहा भएकै कुरा हो कि दिल्लीमा सन २०१४ को अन्तमा भएको उक्त घटनाले त्यतिबेला विश्व नै बलात्कार बिरुद्दको अभियानमा एकजुट भएका थिए

पुन :  यो लेख जनआस्था साप्ताहिक पत्रिकामा २०७६ असार ११ गते प्रकाशित भएको थियो. तर त्यहाँ तपाई मेरो नाम भने देख्नु हुन्न.