
फेरी प्रधानमन्त्री सारा अतिथिहरुलाई साधारण कुर्सीमा पछाडी राखेर आफु मात्रै एक्लै अगाडिको निक्कै महँगो र मुलायम देखिने सोफामा बसेको एउटा फोटो सामाजिक संजालहरुमा व्यापक चर्चामा आयो ! हैन किन यस्तो राजाहरुले देखाउने ब्यबहार जनताको प्रतिनिधिहरुले लाजै नमानी सार्बजनिक समारोहहरुमा देखाउना सकेको होला ? प्रधानमन्त्रीले आफु जनताको छोरा भएर जनताको प्रतिनिधि हुन पाएको कुरा बिर्सिएको पो हो कि उनलाई पनि राजाले जस्तो ब्यबहार गरेको भनेर निकाल्नु पर्ने हो ? अस्ट्रेलिया निबासी डा. भरत राज पौडेलले केहि दिन अघि उद्घाटन समारोहको एउटा फोटोमा आंफ्नो राय यसरी ब्यक्त गरेका थिए, "दुईटा ईट्टा जोड्यो एउटा सानो रातो टालो ओछ्याइदियो गमक्क पर्यो अग्लो ठाउँ भन्ठान्यो त्यही टेकेर उभियो । न सुहाएको छ, न लगाएको मिलेको छ। तैपनी लोकतन्त्रले अचेलका केही झिना मसिना नेताहरुलाई अनौठो सौख र भोक जगाईदिएको छ। पछाडी उभिने पनि बेहोस् जस्ता देखिन्छन।" उनको यो अभिव्यक्तिले सामाजिक संजालमा अरु पनि त्यस्तै फोटोहरु देखा पर्न थाले. बिस्तारै त्यस्तै फोटोहरुले सामाजिक संजालको कुरा गर्ने बिषय बस्तुलाइ एकातिर मोड्यो.
अहिले सामाजिक संजालमा सरकारी कार्यालयमा काम गर्ने केहि उच्च तहका अधिकारीहरुले देखाएको ब्यबहारले, गर्ने लाइ भन्दा हेर्ने लाइ लाज भन्ने उक्ति याद दिलाउछ । त्यसैले आज यस किसिमको ब्यबहारको सामाजिक संजालमा निक्कै ठुलो बहसको सिर्जना गरिरहेको छ । एउटा नगर पालिकाको मेयरले त समारोहमा ईट्टा माथि रातो कपडा होइन कि टेबल माथि उभिएर सलामी ग्रहण गरेको देखिन्छ भने अर्को फोटोमा मेयर ठुलो मेचमा र उपमेयर सानो मेचमा त्यो पनि यौटै कार्यालयको कोठा भित्र भएको देखिन्छ । के सूचना दिन खोजेको होला यस्तो ब्यबहार देखाएर । कसरी त्यस्तो बर्गीय विभेदको कुरा मानिसहरुले सार्बजनिक समारोहमा त्यसरी गर्न सकेको होला ? अर्को एउटा फोटोमा पुरानो मैलो अनि खुइलिएको दरि माथि त्यो भन्दा पनि फोहोरी देखिने रातो दरिको टुक्रामा उभिएर सलामी ग्रहण गरेको देखिन्छ । कस्तो लाज पनि नलागेको सार्बजनिक समारोहमा गति न पतिको सलामी ग्रहण गर्ने तरिका प्रदर्शन गर्दा ।
यो एउटा भेदभावको कुरा हो । यस्तो भेदभावको कुराले हाम्रो समाजलाइ लामो समय देखि नै जकडेको कुरा कसैबाट पनि लुक्न सकेको छैन । धेरै मानिसहरुले त्यस्तो फोटोहरुमा सरकारी अधिकारीहरुले देखाएको सामान्तबादी सोचको खिल्ली उडाएको थियो र त्यस्तो सोचलाइ लछार्ने काम भएको छ । यस्तो ठुला भनौदाहरुको सोचले सदियौ देखि तल्लो वर्गकाहरुले अपहेलित महसुस गर्ने गरको कुरा पनि कसैबाट लुकेको छैन । यौटै स्कूल र कक्षामा पढ्दा पनि त सानो जात म ठुलो जात वा म धनि र त गरिब भनेर होच्चाई सहनु पर्ने । तर यहाँ भने त्यस्तो नभई यौटै अफिसमा काम गर्ने माथिल्लो तहको कर्मचारीले चार कक्षामा पढ्ने स्कूलको केटा/केटीले गर्ने जस्तो ब्यबहार गरेर आफै आलोचनाको शिकार हुनु परेको छ ।
सबै भन्दा टेबल माथि उभिएर सलामी ग्रहण गरेको फोटोले चाही सिमा नाघ्ने गरि नै प्रतिक्रिया वर्षाउन सफल भयो । केहिले फोटोशापको प्रयोग गरि उनलाई बिस मिटर अग्लो बाँस माथि नै राखी दिए जसले गर्दा उनले चाहे जत्ति उचाई बढोस । राजेन्द्र तारकिणी, सम्पादन हाउसका सम्पादकले त्यस्तो प्रवृतिको मजाक उडाउदै आफ्नो भित्तामा [जून २४ मा ] लामो बाँस माथि भएको मेयरको फोटो राखेर यस्तो लेखे : "हामीले चाहेको त भएन नै अब यिनेहरुले चाहेको यसैगरी पुर्याइदिऊँ न ।" त्यसरी सामाजिक संजालमा आफ्नो कार्यक्रम गर्दाको बारेमा ठुलो बहस निस्के पछि भने महालक्ष्मी नगरपालिकाले प्रेस बिज्ञप्ति जारी सलामी ग्रहण गर्ने तरिकाको बचाऊ गर्न थाले । साथै प्रचलित प्रचलनको आलोचना नगर्न सामाजिक संजाल प्रयोगकर्ताहरुलाई आव्हान गरेका थिए । आफ्नो गल्ति महसुस गर्नु कता हो कता यो पहिले देखिको चलन हो र हामीले त्यही चलनलाई निरन्तरता दिएका मात्रै हौ पो भन्न थाले । जसमा निउज २४ च्यानलले एउटा कार्यक्रम पनि बनायो. टेलिभिजनको त्यस कार्यक्रममा भने मेयरले आत्मालोचना गरेको कुरा छ ।

No comments:
Post a Comment